काठमाण्डौको बनस्थलीबाट पाँचदिन अगाडी बेपत्ता हुनुभएका म्याग्दीको बेनी नगरपालिका वडा नं ५ पुलाचौरका ५० बर्षिय हेमराज शर्माको खोजीकार्य तिब्र पारिएपनि अझै भेटिनुभएको छैन् । काठमाण्डौ महानगरपालिका–१६ बनस्थलीबाट असोज २३ गते साढे तीन बजेबाट सम्पर्कविहिन हुनुभएका शर्माको खोजीकार्य तिब्र पारिएपनि फेला पार्न नसकिएको दाजु राम पौडेलले जानकारी दिनुभयो ।
गएको आइतबार साँझदेखि बेपत्ता भएको केहीबेरमै खोजीकार्य सुरु भएपनि हालसम्म पत्ता लगाउन नसकेपछि परिवार चिन्तित भएका छन्।
सामाजिक एवम् राजनीतिक गतिविधिमा सक्रिय शर्मा एक्कासी सम्पर्कविहिन भएपछि परिवारका सदस्यले खोजीकार्यका लागि अपिल सहित प्रहरी तथा विभिन्न क्षेत्रमा अनुरोध समेत गरेका थिए ।
बेपत्ता हेमराजको खोजीकार्यमा काठमाण्डौका स्वतन्त्र उम्मेदवारहरुदेखि क्रिकेट खेलाडी पारश खड्का लगायतले समेत अपिल सहितको अभियान गरेका छन् । घर परिवारमा पनि कुनै झैझगडा मनमुटाव नरहेकोतर केही आत्तिएको जस्तो भने देखेको अवस्थामा एक्कासी सम्पर्कविहिन भएको भोलीपल्ट काठमाण्डौ बाहिरको लोकेशन देखिएकाले देशैभरी खोजीकार्य भइरहेको छ । हालसम्म विभिन्न स्थानमा भेटिएको भन्ने हल्लाहरु कुनै सत्य नभएको र खोजीकार्यमै केन्द्रित रहेको परिवारका सदस्यले बताएका छन् ।