मोना आइइसीको अध्यक्षमा जापानबाट ददीवल खड्काको उम्मेदवारी

|

म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको आगामी असोज २६-२८ (अक्टोवर १३–१५)सम्म म्याग्दी सदरमुकाम बेनीमा आयोजना हुने पाँचौं महाधिवेशनमा बरिष्ठ उपाध्यक्ष ददीवल खड्काले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन । अन्नपूर्ण गाउँपालिका, ६ घार पुख्यौली थलो भै लोमो समयदेखी जापानलाई कर्मथलो बनाउ“दै आएका सफल ब्यवसायी ददीवल खड्काले मोनाको नेतृत्व गर्न अगाडी सरेका हुन । सरल जीवनशैली, मिलनसार एवं मृदुभाषी व्यवहार धनी भएका खड्का शैक्षिक रुपमा दक्ष, ब्यवसायीक रुपमा सफल र सामाजिक गतिविधिमा समेत सक्रिय भएकाले मोनाको आगामी नेतृत्वका लागि साझा उम्मेदवार हुने ठानिएको छ । ‘ मेरो नाममा सर्वसम्मति हुन्छ, यसपटक मैले लिएको हरेक जिम्मेबारी सफलतापूर्वक सम्पन्न गरेको छु‘ खड्काले भने । मोनाका बरिष्ठ उपाध्यक्ष खड्का महाधिवेशनको आयोजिक समितिका संयोजक समेत हुन् । संयोजकको भूमिकामा देखिएका खड्काले विश्वभर रहेका म्याग्देलीलाई यसपटक आफ्नो उम्मेदवारीमा साथ दिन समेत अपिल गरेका छन् । मोनाको विगतको नेतृत्व यूरोप, अमेरिका, बेलायतबाट भइसकेको अवस्थामा यसपटक जापानबाटै हुने गरी मोना जापानले समेत सक्रियता देखाएको छ । जिल्लाभित्र र विश्वका विभिन्न मुलुल (प्रवास)मा छरिएर रहेका म्याग्देलीहरुका बीच सम्बन्धको विकास गरी प्रवासमा आर्जित पुँजी, सीप र क्षमतालाई म्याग्दी जिल्लामा उपयोग गर्ने उद्देश्यका साथ २०६४ कात्तिक ५ गते बेनीमा भएको भेलाबाट मोनाका अवधारणाकर्ता प्रकाश पुनको अध्यक्षतामा २१ सदस्यीय म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय समवन्वय परिषद गठन गरेको थियो । पुनकै अगुवाईमा सुरु भएको अभियानमार्फत हालसम्म सर्वसम्मतिमै नेतृत्व चयन भएकाले यसपटक समेत सहमतिबाटै विश्वभर छरिएका म्याग्देलीलाई एकाबद्ध बनाएर लैजाने गरी महाधिवेशन टुंगो लगाउने अपेक्षा गरिएको छ।

२०८० भाद्र ४, सोमबार प्रकाशित