म्याग्दी रत्नेचौरकी डा. मीना बोहरालाई नेपाल विद्याभूषण

|

राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले ९६३ जना विभूषित गर्ने भएको छ । शिक्षा मन्त्रालयले विभिन्न विभूषणका लागि स्वीकृत भएकाहरुको नामावली मंगलबार सार्वजनिक गरेको छ । जसमध्ये ९०५ जनाले नेपाल विद्याभूषण प्राप्त गर्नेछन् । जसमा म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर निवासी डा. मीना बोहराले नेपाल विद्याभूषण ‘क’ विभूषण प्राप्त गर्ने सूचीमा उल्लेख छ ।

बोहराले युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइसेन्सस विश्विद्यालय चीनबाट इकोलोजी (वातावरण विज्ञान)मा विद्यावारिधी गरेकी हुन् । उनी अहिले नेपाल खुला विश्वविद्यालयमा प्राध्यापन गर्छिन् भने विभिन्न अनुसन्धानमा पनि संलग्न छिन् ।सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसको रुपमा मनाउँदै आएको छ ।

यसवर्ष ‘समावेशी र सीपमूलक शिक्षा ः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । विभूषणलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना हुने समारोहमा प्रदान गर्ने भएका छन् ।

२०८० आश्विन २, मंगलवार प्रकाशित