म्याग्दी महोत्सवअवधिभर अनुगमन, ब्यापारीमाथि निगरानी र सचेत

|

म्याग्दीको सदरमुकाम बेनीबजारमा जारी आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक,व्यापार मेलामा स्टलमा राखिएका खाद्य सामग्रीको अनुगम गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुका निमित्त कार्यालय प्रमुख सहन्सा कुमार मेहताको संयोजकत्वमा अनुगमन गरिएको हो ।

महोत्सव अवधिभर खाद्य पदार्थ अनगुमन र निरीक्षणमा ११ सदस्यीय टोली परिचालन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय म्याग्दी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ, बेनी नगरपालिका, पर्यटन तथा उद्योग कार्यालय म्याग्दी, उद्योग बाणिज्य संघ म्याग्दी, जिल्ला प्रहरी कार्यालय र पत्रकार महाससंघ म्याग्दीका प्रतिनिधि सहभागि भएको अनुगमनमा नगदी कारवाही वा दण्डसजाय गर्ने किसिमको कैफियत नभेटिएको र केही खाद्य स्टलहरुमा भने कैफियत देखिएको कार्यालय प्रमुख मेहताले बताउनुभयो ।

उक्त अनुगमनको क्रममा समिट होटलकोजेरी बनाउन तयार पारेको चास्नी ( चिनीको पाक) मा प्रत्यक्ष रुपमा झिंगा मिसिएको देखिएपछि ५ केजी चास्नी जफत गरी नष्ट गरिएको थियो ।

अनुगमनको क्रममाखरिद बिक्रीका लागि राखिएका सामग्रीमा खाद्य पदार्थको नाम, ब्याच नं. उत्पादन मिति, उपभोग्य मिति, समिश्रण, तौल, मूल्य र उत्पादकको पूरा नाम ठेगाना सहित गुणस्तरीयतासँग सम्बन्धि अनुगमन गरिएको थियो ।

 

 

२०८१ माघ ७, सोमबार प्रकाशित