ढोरपाटन क्षेत्रमा हरेक वर्ष पहिलो सिजन (असोज-मंसिर) र दोस्रो सिजन (फागुन-वैशाख)मा शिकार हुँदै आएको छ । विदेशी शिकारीसहितको समूहले शिकार खेल्न कम्तिमा १५ दिन जङ्गलमा बिताउँछन् । तोकिएको अवधिभित्र शिकार खेल्न नसके शिकारी खाली हात फर्कनुपर्ने नियम छ ।
साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीहरुका लागि आकर्षक गन्तव्य बनेको छ । नाउर, झारलको मूल्य, ब्लक रिजर्भ, अनुमतिपत्र, बन्दोबस्तीका सामग्री तयार गर्दा एउटा शिकारीले करिब २० लाख रुपैयाँसम्म खर्च गर्ने गरेका आरक्षका कर्मचारीहरु बताउँछन् ।
वि.सं.२०४४ सालमा स्थापना भएको ढोरपाटन शिकार आरक्ष बागलुङ, पूर्वी रुकुम र म्याग्दी जिल्लामा फैलिएको छ । मुख्य कार्यालय बागलुङको ढोरपाटनमा पर्छ । आरक्षको सुरक्षाका लागि २०७३ सालदेखि नेपाली सेनाको गुल्मसमेत राखिएको छ । ढोरपाटन