पर्वतमा आजदेखि लाटोकोसेरो तथा हुचिल उत्सव हुँदै

|

जलजला गाउँपालिका–५ लेखफाँटको लोप्रेमा शुक्रबारदेखि  १० औँ संस्करणको ‘लाटोकोसेरो तथा हुचिल उत्सव’ हुँदैछ।

लाटोकोसेरो तथा हुचिलको अध्ययन र संरक्षणमा ‘प्रकृतिका साथीहरू’ नामक संस्थाले  उत्सव आयोजना गरेको हो। उत्सव स्थानीय मालिका आधारभूत विद्यालयमा सञ्चालन हुने छ।

संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसाबले ओझेलमा परेको लाटोकोसेरो तथा हुचिलको संरक्षणका लागि त्सव आयोजना गर्न लागेको बताए।

उत्सव आयोजनापूर्व नै जलजलाका समुदाय र विभिन्न विद्यालयमा पुगेर लाटोकोसेरो र हुचिलको महत्त्व र अवस्थाबारेमा जनचेतनामूलक कार्यक्रम गरेको आयोजक संस्थाले जानकारी दियो।

यसअघि धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ, स्याङ्जा र कैलाली जिल्लामा उत्सव आयोजना गरिएको थियो। यस्तो उत्सव नेपाल सहित अमेरिका, इटाली र भारतमा पनि आयोजना हुने गरेको आचार्यले जानकारी दिए। thahakhaber

 

२०८० माघ १९, शुक्रबार प्रकाशित