गलेश्वर वृद्धाश्रमलाई लुगा धुने वासिङ मेसिन सहयोग

|

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर वृद्धाश्रमलाई सहयोगी हात कास्की नेपालले वासिङ मेसिन सहयोग गरेको छ। शनिबार आश्रममा आयोजित एक कार्यक्रम गरी जेष्ठ नागरिकको लुगा धुन सहज हुने गरी ७७ हजार बराबरको मेसिन गरिएको हो ।

सहयोगी हात कास्की नेपालकी अध्यक्ष राधा पौडेलले गलेश्वर जेष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुन सहित आश्रमका पदाधिकारीलाई हस्तान्तरण गर्नुभयो

वासिङ मेसिनका लागिका लागि सहयोग हात कास्कीलाई केही यूवाले सहयोग गरेका थिए । बृद्धआश्रममा रहेका ज्येष्ठ नागरिकलाई संस्थामार्फत भोजन समेत गराइएको थियो ।

सोही अवसरमा गलेश्वर जेष्ठ नागरिक आश्रमले सहयोगदातालाई सम्मानपत्र सहित दोसल्ला ओडाएर सम्मान गरेको थियो । आश्रममा रहेका जेष्ठ नागरिकलाई संस्थागत एवम् ब्यक्तिगत रुपमा सहयोग गर्ने गरिएको छ । हाल ४८ जना ज्येष्ठ नागरिक आश्रममा बसोबास गर्छन् ।

 

२०८० पुष ७, शनिबार प्रकाशित