पतिले दाह्री नकाट्दा घरमा दिनदिनै कचकच, ‘तलाक’ दिने पत्नीको चेतावनी

|

पतिपत्नीबीच विभिन्न कारणले विवाद भएका घटना सार्वजनिक हुन्छन् । भारतको उत्तर प्रदेशमा पतिको दाह्रीका कारण परिवारमा विवाद देखिएको छ ।बिहेपछि पत्नीलाई पतिलाई पटक–पटक दाह्री काट्न आग्रह गरिन् । तर पति इमाम भएका कारण धार्मिक हिसाबले दाह्री काट्न नपाइने अडानमा बसे । इमामले दाह्री काट्न नहुने धार्मिक विश्वास छ ।

धार्मिक हिसाबले दाह्री काट्न नपाइने, पत्नीले दाह्री काट्न दबाब दिने भएपछि इमामले प्रहरीमा उजुरी गरेका छन् । पत्नीले आफू मोडल भएकाले दाह्री काट्नैपर्ने दबाब दिएकी छन् । दाह्री नकाटे तलाक दिने पत्नीको चेतावनी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।पतिले दाह्री नकाटेर उत्पन्न पारिवारिक विवादमा प्रहरीले खासै केही छानबिन गर्न सकेको छैन । समस्याको समाधान नदेखिएपछि प्रहरीले उजुरी दर्ता पनि गरेको छैन ।

२०७८ मंसिर ९, बिहीबार प्रकाशित