पोखराबाट अन्तर्राष्ट्रिय उडान कहिले ?

|

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको डेढमहिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडानको अझै सुरसार छैन। पोखरेलीले अन्तर्राष्ट्रिय विमानस्थल नामको मात्र अन्तर्राष्ट्रिय भएको तर त्यो अनुसार पोखरालाई बाह्य गन्तव्यमा जोड्नेगरी उडान सुरु हुन नसकेको भन्दै गुनासो गरिरहेका छन्। जतिसक्दो छिटो अन्तर्राष्ट्रिय सहरसम्म हवाई उडानमार्फत पोखरालाई जोडनुपर्ने माग पोखरेली पर्यटन व्यवसायीले गरिरहेका छन्।

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय हवाई उडानमार्फत सिधै बाह्य सहरसम्म जोड्न सके पर्याप्त पाहुना पोखरा आउने र त्यसले व्यवसायीलाई राहत दिने अपेक्षा व्यवसायीको थियो। उद्घाटन भएको डेढमहिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान भने सुरु नहुँदा पर्यटन क्षेत्र खुसी नभएको व्यवसायीले बताउने गरेका छन्।

आन्तरिक उडानमा मात्र सीमित रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कहिले र कुन हवाई कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्छन् भन्ने पनि अहिलेसम्म यकिन छैन। पोखरालाई अन्तर्राष्ट्रिय उडानमार्फत बाह्य गन्तव्यमा जोड्नका लागि हवाई रुटदेखि गन्तव्य पहिचानसम्मका समस्या रहेको सरकारी पदाधिकारीले बताउँदै आएका छन्। भारतसँग हवाइ रुट माग्नका लागि कूटनीतिक रूपमा पहल गरिरहेको सरकारले बताउँदै आएको छ। पोखरालाई अन्तर्राष्ट्रिय उडानमार्फत बाह्य मुलुकसम्म जोड्न सरकारले कूटनीतिक रूपमा पहल गरिरहेको अवस्थामा नेपालको हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग कार्ययोजना मागेको पर्यटनमन्त्री सुदन किराँती बताउँछन्। किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि हालतमा पूर्ण आकारमा सञ्चालन गर्नुपर्ने बताउँछन्। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई कुनै पनि हालतमा पूर्ण आकारमा सञ्चालन गर्नुपर्छ। पूर्ण आकारमा कसरी चलाउने भनेर मैले प्राधिकरणसँग कार्ययोजना मागेको छु’ किराँतीले भने, ‘विमानस्थललाई घाम तपाएर राख्ने होइन।घाम तापेर जनताको पैसा सुकाउन पाँइदैन ।’ मन्त्री किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्दैन भने किन बनाएको भनेर प्राधिकरणप्रति प्रश्न पनि तेर्साएका छन्।‘विमानस्थल चल्दैन भनेर सुख पाइन्छ? चल्दैन भने किन बनाएको?’ किराँतीको प्रश्न थियो।

त्यसअघि गत बिहीबार बिहान पोखरा आउने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग मन्त्री किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कहिले अन्तर्राष्ट्रिय उडान हुन्छ भनेर किटान गर्न नसक्ने बताएका थिए।अन्तर्राष्ट्रिय उडान हुन्छ भनेर पात्रो हेरेर मिति भन्न नसक्ने उनको भनाइ थियो ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्नका लागि विभिन्न कूटनीतिक नियोगसँग छलफल गरिरहेको बताए।‘भारतसँग हवाई रुट मागेका छौं।रुटसँगै गन्तव्य पनि माग गरेका छौं,’ उनले भने, ‘त्यस्तै पोखरालाई सिधै हवाई माध्यमबाट जोड्नेगरी चीनसँग पनि गन्तव्य मागेका छौं ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न पोखरेलीको दबाब आवश्यक रहेको पनि उनले बताए।विमानस्थल बनाउन पोखरेलीले दबाब दिएजस्तै सञ्चालनका लागि पनि उत्तिकै चासो देखाउनुपर्ने मन्त्री किराँतीले बताए।

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले जतिसक्दो छिटो अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने बताए।त्यसका लागि कूटनीतिक पहल आवश्यक रहेको श्रेष्ठको भनाइ थियो। त्यतिमात्र नभई चिनियाँ पर्यटकका लागि नेपाल प्रवेश प्रतिबन्ध जस्तै रहेको भन्दै श्रेष्ठले मन्त्री किराँतीलाई चिनियाँ पर्यटक भिœयाउन आवश्यक कूटनीतिक पहल गरिदिन पनि आग्रह गरेका छन्। श्रेष्ठले भारत र चिनियाँ सहरबाट पर्यटक आउने हो भने अहिले पोखरेली पर्यटन व्यवसायीलाई परेको अप्ठेरोलाई केही हदसम्म सहज हुने बताए।

प्राधिकरणका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल फेबुअरी २३ देखि मात्र रात्रीकालीन उडानका लागि तयार हुँदैछ।विमानस्थल गत जनवरी एकदेखि सञ्चालनमा आएको थियो। अहिलेसम्म दिनको समयमा मात्र उडान आएको छ।दिउँसोको समयमा मात्र सञ्चालन भइरहेको यो विमानस्थल फेब्रुअरी २३ पछि बल्ल रात्रीकालीन उडानका लागि सञ्चालन गर्न सकिने नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले बताएको छ। नागरिक

२०७९ फाल्गुन ८, सोमबार प्रकाशित