
पोखरा । पोखराका व्यवसायी बलराम गौतम शनिबार बिहान मृतावस्थामा भेटिएका छन् । माघ २ गते घरबाट निस्केका उनी वीरगन्जमा मृतावस्थामा भेटिएका हुन् । केही दिनअघि घरबाट निस्केर हिँडेका उनी भारत रहेको परिवारलाई जानकारी दिएका थिए । शनिबार बिहान साढे ५ बजेतिर वीरगन्ज बसपार्कसँगैको पार्कमा उनी आएको सिसिटिभी फुटेजबाट देखिएको प्रहरीले जनाएको छ । उनी कुर्सीमा बसेर चिया पिएको देखिएको र त्यसलत्तै बसेकै ठाउँमा उनको टाउको झुकेको देखिएकाले हृदयाघातको अनुमान गरिएको छ ।
उनको शव पोस्टमार्टम गरेर शनिबार राति नै पोखरा ल्याइएको थियो । आइतबार तुलसीघाटमा उनको अन्त्येष्टि गरिएको छ । सहकारी संघ पोखराका अध्यक्ष समेत रहेका व्यवसायी गौतम नेकपा एमाले गण्डकी प्रदेशका सदस्य हुन् । उनी पृथ्वीनारायण क्याम्पसका पूर्वप्राध्यापक पनि हुन् । कास्की पुरनचौरका गौतम पत्नी गीता र ३ छोरीसहित पोखरा गैरापाटनमा बस्दै आएका थिए । ratopati