वेदान्त केसरी महाराजको ४६ औँ महाप्रयाण दिवसमा पुस्तक लोकार्पण

|

मनलाई बश गरी जितिकन इन्द्रीयहरु
संसारका बिषय सुख बिष झैं गरी बरु ।
वैराग्व्य साथ लिई मन प्रभुमा रमाई
बाँधि पटल गर भजन भगवानलाई । ।
स्वामी श्री १०८ देवानन्द वेदान्त केसरी महाराजको ४६ औं महाप्रयाण दिवस श्री साईदेव साधना कुटीर पोखरा – २० , भलाममा भव्य र सव्य समारोहको आयोजना गरी मनाइएको समाचार प्राप्त भएको छ । २०७९ साल ११ गते सम्पन्न उक्त कार्यक्रममा पुराणप्राज्ञ श्री मोहन भगिरथ द्वारा तयार पारिएको “पितृमुक्तीस्तुती सङ्ग्रह “नामक ग्रन्थ डा . श्री भोलानारायण रेग्मी ज्यूको करकमलबाट लोकार्पणा भएको थियो ।
वेदान्त केसरी महाराजको जीवनी बारे प्रकाश पार्दै स्वामीजी का शिष्य वयोबृद्ध श्री टङ्कमान नापित ज्यूले उल्लेखित गुरुको रचना सहित विविध विषयमा प्रकाश पार्नु भएको थियो स्वामीजीको महाप्रयाण २०३३ साल माघ ११ गते प्रस्याङ्गको कुटिमा छदाँ भएको थियो ।अन्तकालसम्म उहाँको सेवा उहाँकै चेली सावित्रा द्वारा भएको थियो
।भलामको कुटीमा महाराज ३१-३२ बर्ष रहनु भएको र आफ्नै हातले सुरम्य बगैंचा तयार पारी सानन्द रहनु भएको साथै रसादि एव्ं भष्मादी दवाईहरु बनाउनमा पनि उहाँको विषेश ज्ञान-दखल रहेको विषयलाई उल्लेख गर्दै वनारसबाट तत् विषयको उपाधि ” आयुर्वेदि शिखामणि ” प्राप्त गर्नु भएको तथ्य नापित ले उजागर गर्नु भयो ।
आफु स्वामी महाराजको शिष्य रहेको र महाराज त्यस बखतको नेपालामा वेदान्तका सर्वश्रेष्ठ ज्ञानी एव्ं भागवतका विख्यात विश्लेषक तथाव्याख्याता रहेको सत्य पनि नापित्द्वारा उद्घाटित गरियो । महाराजको जन्म पोखराको फुलबारीमा पिता चिन्तामणी भन्डारी र उहाँकी कान्छी श्रीमतीबाट माईलो सुपुत्रका रुपमा भएको र , “फुलवारी” स्थानको नामाकरण पनि स्वामीजी बाटै भएको वास्तविकता स्वामीजीका वंशज श्री तुलाराम भन्डारीले उल्लेख गर्नु भएको थियो ।
अर्का युवा वक्ता श्री सन्तोष भन्डारीले आध्यात्मिक जीवनको उच्चता बारे आफ्नो धारणा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम संचालक श्री सूर्य सुमन थापाले आफूले प्रतक्ष्य देख्न नपाएपनी अन्तरङ्ग चेलाहरु बाट स्वामीजी जस्तो अत्यन्त सरल र विद्वान व्यक्तित्वले आफ्नो जन्मभूमी भलाममा लामो बसाई गरी राष्ट्रभरीनै विख्याती लिनु भएको थाहा पाउँदा आफूलाई गर्व भएको यथार्थता व्यक्त गर्नु भएको थियो । कार्यक्रमको प्रारम्भ श्री सत्य साई केन्द्र नदीपुर पोखराका साईराम हरु द्वारा वेदपाठ गर्दै भएको थियो भने बीच -बीचमा गायन गरिएको साई भजनका कारण कार्यक्रमको गरिमा बढेको पाईन्थ्यो ।
वेदपाठ पछी स्वामी महाराजको सालीकमा स्वामी श्री १०८ तपानन्द गिरिजी महाराज स्वामी श्री १०८ इशानान्द गिरिजी महाराज र श्री सत्य साई सेवा संगठन प्रदेश नं ४ का पूर्व अधक्ष्य श्री राजेन्द्र कायस्थ्य द्वारा माल्यार्पण गरिएको थियो । लोकार्पण गरिएको पुस्तकको कभर चित्र र पुस्तकको उपादेयता बारे डा . भोलाज्यू र संकलक मोहन साईराम द्वारा विशेष प्रकाश पारिएको थियो । झन्डै २००जनाको उपस्थीतिमा सम्पन्न उक्त कार्यक्रम भगवान श्री सत्य साईबाबामा आरति अर्पण पस्चात प्रसादी ग्रहण गरि सम्पूर्ण गरिएको थियो ।

 

 

२०७९ माघ १३, शुक्रबार प्रकाशित