केएमई कम्पनीलाई अन्तराष्ट्रिय हवाई यातायात संघले दियो मान्यताको प्रमाणपत्र

|

दक्षिण कोरियामा नेपालीद्वारा संचालित केएमई कम्पनी लिमिटेड (केएमइ ट्राभल्स एण्ड टूरले) अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (IATA) मान्यताको प्रमाणपत्र प्राप्त गरेको छ कोरोना महामारीको कारण अलपत्र परेका यात्रुहरुलाई सफल हवाई उडान व्यवस्थापन , कार्यदक्षता , विश्वसनीयता, प्रतिष्ठा र IATA को मूल्यमान्यताको आधारमा दक्षिण कोरियामानै(नेपालीले सुरु गरेको ट्राभल) पहिलो पटक केएमईले सदस्यता प्राप्त गरेको हो।

स्मरण रहोस् कोरोनाको महामारीको कारण अलपत्र परेका यात्रुहरुलाई सफल हवाई उडान व्यवस्थापन गर्न ट्राभलले महत्वपूर्ण भूमिका खेलेको थियो।

दक्षिण कोरिया र नेपालमा छोटो अवधिमा हवाई एजेन्सीको रुपमा स्थापित केएमई ट्राभल्सले अन्तर्राष्ट्रिय बजारमा आफ्नो सेवा विस्तार गर्दै आएको छ।

अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (IATA) के हो? 

IATA एक अन्तर्राष्ट्रिय वायुसेवाहरूको उद्योग व्यापार समूह हो जसको प्रधान कार्यालय मोन्ट्रियल, क्यानाडामा रहेको छ यही स्थानमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मुख्यालय पनि रहेको छ । यस सङ्गठनको उद्देश्य वायुसेवा उद्योगको सेवा र टेवा पुर्याउनु हो र सङ्घले २३० वायुसेवा निगमको प्रतिनिधित्व गर्ने गर्दछ, जुन अनुसूचित अन्तर्राष्ट्रिय हवाई यातायातको ९३% भाग हो ।यस सङ्गठनको वर्तमान महानिर्देशक टोनी टेलर हुन् । वर्तमान समयमा यो सङ्गठन १५० भन्दा बढी देशमा रहेको छ भने यसको विश्वभरी १०१ कार्यालय छन् । IATA ले हवाई भाडा मूल्य निर्धारण गर्नु साथसाथै हवाई नीति तयार पार्ने गर्दछ।

​​

२०७९ माघ ९, सोमबार प्रकाशित