सत्तारुढ दलहरुबीचको बैठकले सोमबार राति मन्त्रालय भागबण्डा टुङ्गो लगाएको छ । मन्त्रालय भागबण्डा टुङ्गो लागेसाँगै आज पार्टीहरुले आफ्नो भागमा परेका मन्त्रालयहरुका लागि मन्त्रीहरुको नाम सार्वजनिक गर्न थालेका छन् ।
टुङ्गो लागेको भागबण्डा अनुसार सबैभन्दा धेरै ८ मन्त्रालय नेकपा एमालेले पाएको छ । यसै अनुसार एमालेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदम गिरीलाई नियुक्त गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेललाई नियुक्त गर्ने भएको छ।
माओवादी केन्द्रले ४ वटा मन्त्रालय पाएको छ । यस अनुसार पार्टीले रेखा शर्मा र सुदन किराँतीलाई मन्त्री बनाउने पक्का भएको छ । शर्माले सूचना तथा सञ्चार र किराँतीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले विज्ञताका आधारमा मन्त्रालय तय गर्ने तयारी गरेको जनाएको छ । यस हिसाबले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मा शिशिर खनालले पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मा डोलप्रसाद अर्याललाई दिने निर्णय भएको छ । शिक्षा क्षेत्रमा लामो समय काम गरेका खनाल ‘टिच फर नेपाल’ का संस्थापक हुन् भने अर्याल रेमिट्यान्स व्यवसायी हुन् । रास्वपाको भागमा उपसभामुख पनि परेको छ तर कसलाई पठाउने भन्ने निर्क्योल भइसकेको छैन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधान सहित उर्जामन्त्रीको जिम्मेवारी पाउने भएका छन् । यसैगरी पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री बन्ने भएका छन् । सफल आवाज