पाँच खेलसम्म पोखरा जितविहीन, विराटनगरको दोस्रो जित

|

नेपाल टी-२० लिगमा पोखरा एभेन्जर्स पाँच खेलसम्म जितविहीन भएको छ। लगातार पाँच खेलमा पराजित हुने क्रममा पोखरालाई विराटनगर सुपरकिंग्सले बिहीबार ८ विकेटले हरायो।

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले ६ विकेटको क्षतिमा १३५ रन जोड्यो। उसका लागि अमीर हम्जाले नटआउट ३७ रन  तथा सुमित महर्जनले २६ रन र उपुल थारांगाल २५ रनको योगदान गरे।

बलिङमा विराटनगरका आन्द्रे म्याकार्थीले ३ विकेट लिए।

१३६ रनको लक्ष्य विराटनगरले १८.४ ओभरमा २ विकेटको क्षतिमा पार गर्‍यो। ओपनर अर्जुन साउद शून्यमा आउट भए। यस्तै गौरंशु शर्माले ३३ रन बटुल्दा रोहित पौडैलले नटआउट ७१ रन र हुसेन तलातले नटआउट २८ रन जोडे।

बलिङमा पोखराका हम्जा र जाहिर खानले एक एक विकेट लिए।

लिगमा विराटनगर ४ खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा छ। पुछारमा रहेको पोखरा अंकविहीन छ।  setopati

२०७९ पुष १४, बिहीबार प्रकाशित