गण्डकीका प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण आज

|

गण्डकीका प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण आज (बिहीबार) गर्दैछन् । शपथ ग्रहण दिउँसो १ बजे हुनेछ । प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ ग्रहण गराउने छन् ।

नेकपा एमालेका ६५ वर्षीय बस्याल पर्वतको प्रदेश सभा २ बाट निर्वाचित भएका थिए । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबारै शपथ ग्रहण गराएका थिए ।

६० सदस्यीय प्रदेश सभामा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गते प्रदेश अधिवेशन आह्वान गरेका छन् ।

शपथ ग्रहण समारोहमा सांसदहरु निर्वाचन आयोगले दिएको निर्वाचित भएको प्रमाणपत्र सहित राष्ट्रिय पोशाक वा जातीय पहिचान झल्किने पोशाकमा उपस्थित हुनेछन् । samadhan news

२०७९ पुष १४, बिहीबार प्रकाशित