कोपा अमेरिकाको उपाधी अर्जेन्टिनालाई

|

कोपा अमेरिका फुलटब प्रतियोगिताको उपाधी अर्जेन्टिनाले हात पारेको छ । आज बिहान सम्पन्न फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई १-० गोलले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो।

एन्जल डि मारियाले शानदार गोल गरी पहिलो हाफमा टिमलाई अग्रता दिलाएका थिए ।  सन् १९९३ पछि मुख्य प्रतियोगिताको पहिलो उपाधि जित्ने क्रममा अर्जेन्टिनाका डि मारिया नायक सावित भए। खेलअवधिभर दुवै पक्षबाट गोलको सुन्दर अवसर गुमाएका थिए । अर्जेन्टिनाका लागि डि मारिया र गोलरक्षक इमिलियानो मार्टिनेज उपाधीका लागि निर्णायक सावित भए ।

मारियाले घरेलु टिम ब्राजिलविरुद्ध खेलको २२ मिनेटमा गोल गरेका थिए। डि पाउलले दिएको लामो पासमा डि मारियाले उत्कृष्ट गोल गर्दा घरेलु टिम स्तब्ध बनेको थियो। 

अर्जेन्टिनाले कोलम्बियालाई हराउँदै फाइनलमा स्थान बनाएको थियो भने ब्राजिल पेरुलाई हराएको थियो । फाइनल खेलमा अर्जेन्टिनाका लागि मेस्सी र ब्राजिलका नेमारले माध्यम खेल प्रर्दशन गरेका थिए । कोपामा डिमारियाको खेल निकै उत्कृष्ट मानिएको छ ।

खेल सकिन एक मिनेट बाँकी छदा मेसीले डिबक्स भित्र गोल गर्ने सुन्दर मौका खेर फालेका थिए।  यसअगाडीका खेलमा दोस्रो हाफमा खेलमैदानमा देखिने डिमारियाले खेलमा आफ्नो लयलाई फाइनलसम्म राख्न सफल भए मेस्सीले आफ्नो नेतृत्वमा कोपा जित्दै अर्जेन्टिानाको खेल इतिहासमा  चम्किन सफल भए । पहिलो हाफमा पछि परेको ब्राजिलले दोस्रो हाफमा बराबरी गोल फर्काउन गरेको प्रयास सफल हुन सकेन।

खेलको ५२ मिनेटमा ब्राजिलका रिचार्लीसनले बललाई जाली चुमाए पनि रेफ्रीले अफसाइड घोषित गरिदिए। ५५ मिनेटमा अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले एमी मार्टिनेजले रिचार्लीसनको प्रहारलाई विफल पारिदिएका थिए।

यस्तै लिओनल मेसीका लागि पनि पहिलो मुख्य प्रतियोगिताको उपाधि हो। मेसीले यसअघि अर्जेन्टिनाको जर्सीमा चार वटा फाइनल खेले पनि उपाधि जित्न सकेका थिएनन्। अर्जेन्टिना सन् २००४ यता चार पटक फाइनल पुगेको थियो। सन् २००४ र २००७ मा ब्राजिलसँग फाइनलमा हारेको अर्जेन्टिना सन् २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित हुन परेको थियो।

यसअघि १९९३ को कोपाको फाइनलमा आमन्त्रित टिम मेक्सिकोलाई २-१ ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको थियो। त्यसयता अर्जेन्टिनाले कुनै पनि मुख्य प्रतियोगिताको उपाधि जित्न सकेको थिएन।

 

 

२०७८ असार २७, आईतवार प्रकाशित