पोखरामा गण्डकी प्रदेश र स्पेनको बि डिभिजन क्लबबीच मैत्रीपूर्ण फुटबल हुने भएको छ । स्पेनी क्लब काथेरेन्योसँग पुस १३ गते गण्डकीले प्रतिस्पर्धा गर्नेछ । लुम्बिनी गार्डेन फाउण्डेसनको आयोजना र कास्की जिल्ला फुटबल संघको सहकार्यमा प्रतियोगिता हुन लागेको फाउण्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए ।
उक्त टीममा विश्वकप खेलेका पूर्व खेलाडी मिचेन, मानवेलसहितका खेलाडी सहभागी हुने छन् । स्पेनबाट ५२ जनाको टोली पोखरा आउने छ । गण्डकीको टीमबाट नेपाली फुटवल टिमका पूर्वकप्तान अनिल गुरुङले कप्तानी गर्नेछन् । गण्डकीको टोली अहिले बन्द प्रशिक्षणमा छ ।
२०७९ पुष १, शुक्रबार प्रकाशित