राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमसेर जवरा मंगलबार म्याग्दी आउने भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि राप्रपाले खुल्लामञ्चमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न म्याग्दी आउने कार्यक्रम रहेको राप्रपाका बेनी नगर समितिका अध्यक्ष देबेन्द्र क्षत्रीले जानकारी दिनुभयो ।
म्याग्दीका अगुवा नेता तथा कार्यक्रमको उपस्थिती रहने आमभसामा गण्डकी प्रदेशस्तरबाट समेत नेताहरु आउने कार्यक्रम रहेको छ। चुनावी आमसभा र घरदैलोपछि जिल्लास्तरीय सभा गर्न लागेको प्रतिििनधिसभा सदस्यका उम्मेदवार जगत गौचनले बताउनुभयो । उहाँले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको स्थापनाका लागि मतदान गर्ने माहोल रहेको अवस्थामा आमसभाबाट थप संकेत गर्ने बताउनुभयो ।
२०७९ कार्तिक २८, सोमबार प्रकाशित