
म्याग्दी प्रवासी नेपाली संघ (मोना स्पेन) को पांचौ अधिवेशनबाट अध्यक्षमा रुपेश राम्जाली निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष अयन्द तुलाचन, उपाध्यक्ष पदम पुन, महासचिव सुरेश चोखाल, कोषाध्यक्ष विमल खड्क,सह-कोषाध्यक्ष राजु शेरपुञ्जा रहेका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा दिप बहादुर पुन, खगेन्द्र जुग्जाली,मनिस बानियां,मन्जु केसी खत्री रहेको निर्वतमान अध्यक्ष लक्ष्मण खत्रीले जानकारी दिए । कार्यसमिति सहित विभिन्न पदमा मनोनित गरी पूर्णता दिने नवनिर्वाचित अध्यक्ष राम्जालीले बताए । उनले स्पेमा रहेका म्याग्देलीलाई संस्थामा आवद्ध हुन समेत अपिल गरेका छन् ।
२०७८ असार १०, बिहीबार प्रकाशित