बेनी फुटबल क्लब (बेनी एफसी) अष्ट्रेलिय चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट अध्यक्षमा सुसन श्रेष्ठ निर्विरोध चयन भएका छन् । अष्ट्रेलियमा रहेका म्याग्देली फुटबल खेलाडीहरुले सन् सन् २०१५ मा स्थापना गरेको क्लवको उपाध्यक्षमा सुरज तुलाचन, सचिव हरि गिरी, सहसचिव प्रदिप अधिकारी, कोषाध्यक्ष सर्विन श्रेष्ठ, सहकोषाध्यक्ष दिपक घर्ती रहेका छन् ।
त्यसैगरी सदस्यहरूमा दिनेश खत्री, सुवास खत्री क्षत्री, गणेश बोगटी, आषिश कर्माचार्य, दिम्पल छन्त्याल, रोशन खत्री, दिपेन्द्र भण्डारी, लक्की श्रेष्ठ, सानी श्रेष्ठ, हिक्मत श्रेष्ठ, मनोज श्रेष्ठ, योन्ज तामाङ र बिकास गौचन रहेको सचिव हरि गिरीले जानकारी दिए।
नेपाली फुटबल क्लवमा लोकप्रिय र ठूला प्रतियोगिताको उपाधी जित्ने बेनी एफसीको उचाईलाई थप फराकिलो बनाउने अध्यक्ष श्रेष्ठले बताए । उनले खेलकुद सहित रचनात्मक क्रियाकलापमा समेत क्लवले अग्रसरता देखाउने बताए । रोशन खत्रीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा सुसन श्रेष्ठको स्वागत, आशिष कर्मचार्यको आर्थिक तथा लक्की श्रेष्ठले प्रगति प्रतिबेदन तथा कार्यक्रम सञ्चालन गरेका थिए ।
क्लवमा आवद्ध खेलाडी म्याग्दीमा विभिन्न प्रतियोगितामा उत्कृष्ट खेल खेल्नेहरु छन् । बेनी एफसीले हालसम्म दुईपटक गोर्खा–नेप्लिज कप लिग फुटबल प्रतियोगिता, दुईपटक जिएनसी शिल्ड, यती कप, बौद्ध कप र टिआरसी कप आफ्नो पोल्टामा पार्न सफल भएको छ।