 
							अर्थुङ्गे यूवा क्लवको आयोजनामा आइतबारदेखि छैठौ अर्थुङ्गे कप सुरु भएको छ । बेनी नगरपालिका–६,अर्थुङ्गेमा सामाजिक एवम् खेलकुद क्षेत्रमा सक्रिय रहेको क्लवले आयोजना गरेको प्रतियोगिताको जिल्ला समन्वय समितिको प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको थियो। प्रमुख अतिथि थापाले यूवा क्लवले खेलकुद बाहेक समाजमा आवश्यक पर्ने विभिन्न क्षेत्रमा सक्रिय हुनुपर्ने बताउनुभयो ।
सोही अवसरमा विशिष्ट अतिथि वडा अध्यक्ष कृष्णसिङ बानियाँ, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष पशुपति शाहीले समुदायमा यूवा क्लवका रचनात्मक कार्यहरुबाट उत्साहित रहेको बताउनुभयो ।

सोही अवसरमा क्लबका सल्लाहकार सुन्दर बानिया,ँ वडा सदस्य इश्वर पौडेल, जामुनाखर्क माविका सह–प्रध्यानध्यापक मोहन सुबेदी, समाजसेवी डम्वर सापकोटा, एक्लेपिपल आमासमुहका अध्यक्ष पार्वती श्रेष्ठ, जामुनाखर्क भगवथी आमासमुहको अध्यक्ष तिलरुपा थापा, सयपत्री आमा समुह अध्यक्ष सुनिता बिक समाजसेवी हिरा बहादुर बानियाँको उपस्थिती रहेको थियो ।
खेलकुद कार्यक्रमको उद्घाटन प्रमुख अतिथी थापाले मुख्य रेफ्री शिरिष हमाललाई बल हस्तानतरण गरेका थिए । यसैबीच उद्घाटन खेलमा आयोजक विजय भएको छ । आयोजकले छाप युवा क्लबलाई पराजित गरेको थियो । प्रतियोगितामा ३१ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको अवसरमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा चर्चित गायक प्रकाश दुतराज सहितका कलाकारको विषेश प्रस्तुती रहने क्लवका अध्यक्ष शिशिर शाहीले बताउनुभयो । क्लवले स्थानीयस्तरमा सडक मर्मत, विपन्नको उपचार तथा राहत लगायत रचनात्मक कार्य गर्ने गरेको छ ।
 प्रतियोगितामा ३१ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको अवसरमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा चर्चित गायक प्रकाश दुतराज सहितका कलाकारको विषेश प्रस्तुती रहने क्लवका अध्यक्ष शिशिर शाहीले बताउनुभयो । क्लवले स्थानीयस्तरमा सडक मर्मत, विपन्नको उपचार तथा राहत लगायत रचनात्मक कार्य गर्ने गरेको छ ।
 
                                                                            




 
                                     
                                     
                                     
                                     
                                     
                                    
 
 
 
 
