म्याग्दीमा दिप प्रज्वलन गरी संविधान दिवस मनाइयो

|

संविधान दिवसको अवसर म्याग्दीका विविध कार्यक्रम गरिएको छ । दिवसको अवसरमा विद्यालयस्तरमा विभिन्न प्रतियोगिता तथा स्थानीय तहले दिप प्रज्वलन गरी मनाएका छन् । नेपाली जनताको दशकौँ लामो सर्ष र बलिदानको फलस्वरूप २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको छ । म्याग्दीका स्थानीय तहले गाउँपालिकाको केन्द्रमा दिप प्रज्वलन गरी जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधी तथा स्थानियवासीहरुको उपस्थितिमा कार्यक्रम गरिएको छ ।

त्यस्तै सदरमुकाम बेनीमा गठबन्धन दलले नेपालको नक्सा र नेपालको झण्डा बनाएर वरीपरि दिप प्रज्वलन गरी दिवस मनाएका छन् । सत्ता गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले संयुक्त रुपमा दिवस मनाएको छ । जनताका लागि निर्मित संबिधानलाई संसारकै उत्कृष्ट संविधान रहेकोले यसको रक्षाका लागि सबैजना एक हुनुको विकल्प नरहेकोमा दलका नेताहरुको भनाई थियो।

यता बेनी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले समेत दिप बालेर दिवस मनाएका छन् ।  संविधान दिवसको अवसर म्याग्दीका विविध कार्यक्रम गरिएको छ । सदरमुकाम बेनीमा गठबन्धन दलले नेपालको नक्सा र नेपालको झण्डा बनाएर वरीपरि दिप प्रज्वलन गरी दिवस मनाएका छन् । सत्ता गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले संयुक्त रुपमा दिवस मनाएको छ । जनताका लागि निर्मित संबिधानलाई संसारकै उत्कृष्ट संविधान रहेकोले यसको रक्षाका लागि सबैजना एक हुनुको विकल्प नरहेकोमा दलका नेताहरुको भनाई थियो ।

२०७९ आश्विन ३, सोमबार प्रकाशित