गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङ नेपाल ट्रेड युनियन महासंघ जिफन्ट को आठौं अधिवेशनबाट संसदीय तथा स्थानिय संयोजन समितिको अध्यक्षमा निर्वाचित भएकी छन् ।
साउनको ७ गतेदेखि १० गतेसम्म संघिय राजधानीमा आयोजना गरिएको अधिवेशबाट राष्ट्रिय सौन्दर्यकर्मि युनियन नेपालको संस्थापक, क्लारा इन्टरनेशनल एस्थेटिक कलेज, पोखराका सिइओ, हङ व्यूटि इन्स्टिच्यूटका सिइओ तथा महिला उद्यमी संघ कास्कीको संस्थापक अध्यक्षसमेत रहेकि सांसद गुरुङ जिफन्टको संसदीय तथा स्थानिय संयोजन कमिटिको अध्यक्षमा निर्वाचित भएकी हुन् ।
उनको कमिटिले स्थानिय तहदेखि केन्द्रसम्म सदस्यहरुको सुमधुर सम्बन्ध बिस्तार गर्ने र स्थानिय स्तरका समस्याहरुलाई केन्द्रीय लेबलमा पुर्याउने काम गर्नेछ । उनले संगठनकाे अन्तराष्ट्रिय सम्बन्ध र निर्वाह गर्नेपर्ने भूमिकका, स्थानिय स्तरमा श्रम कानुनकाे कार्यान्वयनका लागि सक्रिय हुने बताइन ।
अधिवेश सकिएकोले सांसद गुरुङको ध्यान अब कमिटिको पूर्णतातर्फ गएको छ । छिट्टै पदस्थापन हुने र त्यसपछि भावि याेजनासहित अगाडी बढ्ने जानकारी दिइन ।