नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व हुने २ जना सञ्चालकमध्ये पर्वतका विप्लवजंग हमाल निर्विरोध निर्वाचित भएका छन् । संस्थाको प्रवन्धपत्रबमोजिम ७ जनाको सञ्चालक समिति रहने व्यवस्था छ । उक्त ७ सदस्यीय सञ्चालक समितिमा ४ जना संस्थापक समूहबाट, एक जना स्वतन्त्र सञ्चालक र २ जना सर्वसाधारण समूहबाट समितिमा प्रतिनिधित्व रहने व्यवस्था छ ।
निर्वाचित सञ्चालकहरुले आफूमध्येबाट सहमतिमा एक जनालाई अध्यक्ष छनोट गर्ने व्यवस्था छ । २ जना सञ्चालकको लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका थिए । हमाल शिव माध्यामिक फर्सेका अध्यक्ष एवम् सामाजिक अभियान्ता हुन् ।
रोटरी क्लब अफ पर्वतका पुर्व अध्यक्ष विप्लवजंग हमाल नेपाली कांग्रेस उद्योग ब्यापार विभागको केन्द्रिय सदस्यमा मनोनित तथा कोरोना भाइरस कोभिड–१९ विरुद्ध पर्वत, बागलुङ र म्याग्दीका विभिन्न क्षेत्रमा स्वास्थ्य सामग्री तथा विपन्नहरुलाई खाद्यान्न वितरण लगायतका उल्लेखनीय सामाजिक कार्य गरेवापत अमेरिकास्थित ‘हामी नेपाली ग्लोबल’ नामक सस्थाद्वारा ‘कोभिड–१९ हिरो’ अवार्डबाट सम्मानित भएका थिए ।