पोखरा स्पोर्ट्स अवार्ड अरुणा र प्रदिपलाई

|

छैटौं पोखरा स्पोर्ट्स अवार्डबाट भलिबलकि अरुणा शाही र टेनिसका प्रदिप खड्का सम्मानित भएका छन । २०७८ सालको प्रदर्शनका आधारमा प्रदान गरिएको वर्ष उत्कृष्ट महिला खेलाडी तर्फ अरुणा शाहीले क्रीकेटकि मणिषा उपाध्याय र करातेकी सरगम कुमाललाई पछि पार्दै इलेक्ट्रोनिक स्कुटर सहित अवार्ड प्राप्त गरेकी हुन । अरुणाले यश अघि पनि दोस्रो संस्करणको पोखरा स्पोर्ट्स अवार्ड समेत जितेकी थिइन् ।


यस्तै वर्ष उत्कृष्ट पुरुष खेलाडी टेनिसका प्रदिप खड्काले प्राप्त गरे । पाचौं संस्करणको उदियमान खेलाडी अवार्ड समेत प्राप्त गरेका प्रदिप टेनिसमा नेपालको १ नबर खेलाडी समेत हुन । उनले ब्याडमिन्टनका विधान अधिकारी र सितेरियो करातेका बुद्ध लामालाई पछि पार्दै अवार्ड जितेका हुन । पोखरा स्पोर्ट्स अवार्ड वर्ष उत्कृष्ट खेल संघबाट तेक्वान्दो संघ सम्मानित भएको छ । संघलाई नगद ३५ हजार रुपैयाँ सहित अवार्ड प्रदान गरिएको हो । तेक्वान्दो प्रदेशमा मात्रै नभइ अन्तर्राष्ट्रिय स्तरमै सबैभन्दा बढी पदक जितेको थियो । नेपालमा समपन्न १३ औ सागमा समेत नेपालले सबैभन्दा बढी पदक प्राप्त गरेको थियो । यस्तै वर्ष उत्कृष्ट उदियमान खेलाडीको अवार्ड टेनिसका दर्शिल श्रेष्ठ सम्मानित भएका छन । उनले श्रीष्टी जैसी र बक्सिङका साहिल लिम्बुलाई पछि पार्दै अवार्ड जिते ।
वर्ष उत्कृष्ट प्रशिक्षक अवार्डबाट पनि टेनिसका निरज थापा सम्मानित भए । लाइफ टाइम एचिभमेन्ट अवार्डबाट गणेश भट्टराई सम्मानित भए ।
वर्ष उत्कृष्ट खेलाडी महिला पुरुष दुबैले स्कुटर पाए भने अन्य सबैले ३५ हजार रुपैयाँ प्राप्त गरे ।

२०७९ असार १८, शनिबार प्रकाशित