बेनीमा दुईदिने सहकारीमा योजना तथा बजेट निर्माण तालिम

|

राष्ट्रिय सहकारी बैक लिमिटेड बागलुङ शाखा र कोअपरेटिभ म्यानेजर्स क्लव म्याग्दीको संयुक्त आयोजनामा सहकारी संघ संस्थाहरुका लागि २ दिने वार्षिक योजना तथा बजेट निर्माण तालिम समापन भएको छ । तालिमको उद्घाटन बेनी नगरपालिकाका प्रमुख सुरत केसी र उपप्रमुख ज्योती लामिछानेले संयुक्त रुपमा गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै नगर प्रमुख केसीले जनतालाई आर्थिक रुपमा सक्षम बनाउन क्षमता अद्धिवृद्धि गर्न र रकमको अभावमा व्यवसाय गर्न नपाएकाहरुलाई व्यवसायिक बनाउन सहकारी बैंक लगायत सहकारीहरुसंग समन्वय गरेर काम गर्ने बताउनु भएको छ । कार्यक्रममा नगर उपप्रमुख लामिछानेले सहकारी अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि राष्ट्रिय सहकारी बैंकको भूमिका निरन्तर रुपमा प्रभावकारी रहदै आएको बताउनुभयो । जिल्ला सहकारी संघ म्याग्दीका सचिव समेत रहेकी उपप्रमुख लामिछानेले नगरपालिका र सहकारी बैंक तथा जिल्ला सहकारी संघ र विषयगत सहकारी संघहरुबीच सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनभयो ।

कार्यक्रममा नवनिर्वाचित बेनी नगरपालिकाका प्रमुख सुरत केसी र उपप्रमुख ज्योती लामिछानेलाई राष्ट्रिय सहकारी बैंकका गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीलेसम्मान गर्नु भएको थियो । तालिमको सहजीकरण बैकको तालिम विभागका अधिकृत बल्लभ तिमिल्सिनाले गर्नुभएको थियो ।

समापन कार्यक्रमको अध्यक्षता बैकको बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठी, को–अपरेटिभ म्यानेजर्स क्लवका सचिव नेत्रराज सुबेदी , तालिमका प्रशिक्षक बल्लभ तिमिल्सिना, नेपाल पत्रका महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण शर्मा गौतम, सहभागीका तर्फबाट नव सृजनशिल सहकारी संस्थाका संस्था सहायक मेख बहादुर कार्की र लोकदिप बचत तथा ऋण सहकारी संस्थाका प्रमिला जोशि श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रमको सञ्चालन राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका कर्मचारी दिनेश कार्कीले गर्नु भएको थियो । तालिममा बागलुङका विभिन्न सहकारी संघ संस्थाका ३० जनाको सहभागिता रहेको थियो ।

 

२०७९ जेष्ठ २८, शनिबार प्रकाशित