म्याग्दीमा कक्षा १२ को परीक्षा सोचेजस्तो नभएपछि एक छात्राले विष सेवन गरी आत्महत्या गरेकी छिन । बेनी नगरपालिका–९,तोरीपानी स्थित गलेश्वर माध्यामिक विद्यालयबाट शिक्षाशास्त्र संकायमा कक्षा १२ को परिक्षामा सहभागी गौरी बरुवालले लगातार परिक्षा विग्रेपछि डेरमकम रहेको मुसा मार्ने बिषादी सेवन गरेको प्रहरीले जनाएको छ ।
आवेगमा विष सेवन गरेको र उपचारक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मणीपाल अस्पतालमै पोष्टमार्टम पछि शव परिवारको जिम्मा लगाइएको छ । जेठ १६ गते पहिलो दिन अंग्रेजी विषयको परिक्षा विग्रेपछि मानसिक तनावमा रहेकी ति छात्राले मंगलवारको नेपाली विषयको समेत परिक्षा राम्रो नभएपछि डेरामा फर्केर मुसा मार्ने विष सेवन गरेको बताइएको छ । वरुवालले सदरमुकामको बेनी सामुदायीक माविको हल नं ३ मा बसेर परिक्षा दिइरहेकी थिईन् । ।
२०७९ जेष्ठ १९, बिहीबार प्रकाशित