मिटर ब्याजीको डरलाग्दो जालो

|

चर्को ब्याजदरमा पैसा ऋण दिने तथा साँवा र ब्याज अरू थप्दै    जाने अनि त्यसैका कारण शारीरिक र मानसिक यातनासमेत दिने आपराधिक घटना बारम्बार हुने गरेका छन् । विभिन्न   किसिमबाट असुलिने मिटर ब्याजीको माकुरेजालो देशै भर व्याप्त छ । त्यसमा  सानाठूला सबै खालका कारोबार परेका छन् । काठमाडौँ उपत्यकामा मात्र नभई तराई मधेसका जिल्लामा पनि मिटर ब्याजको समस्या विकराल छ ।

केही  समयअघि सर्लाहीबाट श्याम परदेशी भन्ने श्यामकुमार साह २९९ जना ऋणीबाट र रामबाबु  यादव पनि २५ जना ऋणीसँग मिटर ब्याज लिएको अभियोगमा पक्राउ परेका थिए ।प्रहरीका   अनुसार मिटर ब्याजको र माइलो पक्ष के हुन्छ भने मिटर ब्याजीहरू बेरोजगार हुन्छन् । तर ब्याज दिनेहरू व्यापारी÷व्यवसायी हुने गरेका छन् । यस्ता व्यक्तिहरूको झोलाभरि बाउन्स चेक हुने गरेको बताइन्छ  ।  यो समाचार गोरखापत्र दैनिकमा छ ।

२०७८ फाल्गुन ३, मंगलवार प्रकाशित