अत्यधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकलाई खतरा उत्पन्न हुन थालेको छ ।कारण, टिकटक र युट्युबजस्ता प्लाटफर्मले उसलाई कडा टक्कर दिइरहेका छन् ।
जसकारण आगामी दिनमा फेसबुकको रेभिन्यु नराम्रोसँग प्रभावित हुने अनुमान गरिएको छ ।फेसबुक स्वयंले यो कुरालाई स्वीकार गर्दै बताएको हो । फेसबुकको प्यारेन्ट कम्पनी मेटा प्लेटफर्म इन्कको सेयरमा २० प्रतिशतले गिरावट आएको छ । मेटाका अनुसार सन् २०२२ को पहिलो त्रैमाससम्म अनुमान गरेभन्दा कम प्रदर्शन हुनेछ । एप्पले आफ्नो अपरेटिङ सिस्टमको प्राइभेसीमा परिवर्तन गरेपछि फेसबुक र इन्स्टाग्रामको विज्ञापनमा मुस्किल देखिएको छ । यस्तै सप्लाई चेनको चुनौतीले कम्पनीलाई थप समस्यामा पारेको छ ।
टिकटकसँग कडा चुनौती
१८ वर्ष पुरानो फेसबुकलाई टिकटक र युट्युबसँग पनि चुनौतीको सामना गरिरहनुपरेको छ । धेरै संख्यामा फेसबुक प्रयोगकर्ताहरु यी प्लाटफर्मतिर सिफ्ट भइरहेका छन् । आगामी ३ महिनामा फेसबुकको राजस्व नराम्रोसँग प्रभावित हुने आँकलन गरिएको छ । गत वर्षको चौथो त्रैमासमा फेसबुकसँग मासिक २.९१ अर्ब सक्रिय प्रयोगकर्ताहरु थिए ।
तर, पछिल्लो त्रैमासमा प्रयोगकर्ताको संख्या बढेको छैन ।
मेटाका चिफ फाइनान्सियल अफिसर डेभ वेनरले आगामी ३ महिनामा फेसबुकको रेभिन्यु अनुमानितभन्दा कम हुने बताएका छन् । जसले गर्दा सेयर बजारमा २० प्रतिशत गिरावट आयो । साथै फेसबुकको मार्केट क्याप २ खर्ब डलर कम भयो ।
मेटाका अनुसार पहिलो त्रैमासको उसको रेभिन्यु २९ देखि २९ अर्ब डलर रहन सक्छ । तर, विश्लेषकहरुले भने ३०.१५ अर्ब डलर हुने अनुमान गरेका थिए ।
रेभिन्युको ठूलो हिस्सा विज्ञापन
इनसाइडर इन्टेलिजेन्सका विश्लेषक डेब्रा अहोका अनुसार मेटाले कैयौं चुनौतीहरुको सामना गरिरहनु परेको छ । टिकटकजस्ता प्लाटफर्मबाट मिलिरहेको चुनौतीका कारण विज्ञापन राजस्व प्रभावित हुन सक्छ । कम्पनीको कमाइमा विज्ञापन राजस्वको ठूलो हिस्सा छ ।
गत वर्षको चौथो त्रैमासमा ३३.६७ अबर डलर थियो भने त्यसअघिको वर्षमा एड रेभिन्यु २८.७ अर्ब डलर थियो ।