विवाह, व्रतवन्ध तथा धार्मिक कार्यक्रममा भने ५० जनासम्म भेला हुन पाइने !

|

सरकारले विवाह, व्रतबन्ध र धार्मिक कार्यक्रमका लागि भने केही खुकुलाे गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत स्वीकृति लिएर पार्टी प्यालेसमा ५० जनासम्म भेला हुन पाइने भएको छ ।

कोरोना महामारी बढेसँगै सरकारले सार्वजनिक स्थलमा धेरै मानिस भेला हुनमा रोक लगाएको छ । तर विवाह व्रतबन्ध तथा धार्मिक कार्यक्रमा भने ५० जनासम्म भेला हुन पाइने सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । उता सपिङ मलामा भने २५ जनासम्म रहन पाउने बताइएको छ ।

२०७८ माघ २, आईतवार प्रकाशित