तिलु शर्मा पौडेल
जिल्लाको रघु गङ्गा गाउँपालिका वडा न ०२ भगवतीमा “खेल स्वास्थ्यका लागि खेलाडी राष्ट्रका लागि” भन्ने मूल नाराका साथ स्थापित न्यु देउराली युवा क्लब साझापानीले आयोजना गरेको पुसे पन्ध्रम मेला २०७८, विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ l
साबिकको वडा अनुसार खेलाइएको वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि काउलेगौडा युवा क्लबले जितेको छ भने उपविजेता को ताज आयोजकले उचालेको छ l प्रौढ भलिबलको ताज भने सन्तोष सेवा युवा क्लब पिप्लेले हात पारेको छ l उपविजेता आयोजक साझापानी भएको मेला संयोजक सुदन कार्कीले जानकारी दिए l त्यस्तै छेलोमा रानिपौवाका अशोक साही विजयी भएका छन् l
खेल अवधि भरमा पुरुष भलिबलमा सर्वोत्कृष्ट खेलाडी राम केसी, उत्कृष्ट सेटर लक्ष्मण श्रेष्ठ, उत्कृष्ट बल्कर सन्दीप चोखाल, उत्कृष्ट डिफेन्डर विशाल खत्री काउलेगौडालाइ प्रदान गरिएको छ l उत्कृष्ट स्पाइकर र अनुशासित खेलाडी क्रमशः एकेन्द्र भण्डारी खिम भण्डारी (सिजलगाउ) र उत्कृष्ट सर्भिस प्रविन भण्डारीलाई प्रदान गरिएको छ l त्यस्तै प्रौढतर्फ सर्वोकृष्ट खेलाडी,उत्कृष्ट ब्लकर, स्पाइकर र र डिफेन्डर क्रमशः विषम मल्ल, धन रकाल, राजकुमार साही र किरण साही (पिप्ले) रहेका छन् l उत्कृष्ट सर्भर र अनुशासित खेलाडी क्रमशः मदन भण्डारी र सतिस भण्डारी (साझापानी) रहेका छन् भने उत्कृष्ट सेटर अशोक साही रानी पौवा रहे l
सांस्कृतिक कार्यक्रम अन्तर्गत मेलाको उद्घाटन सत्रमा राष्ट्रिय ख्याति प्राप्त कलाकार प्रकाश दूतराजले आफ्नो साङ्गीतिक प्रस्तुति दिएका थिए भने २५ गते चर्चित कलाकारहरू रबी कार्की, अमृत विश्वकर्मा, शोभा कार्की, निशा भण्डारी, बिनु कार्की लगायतले आ-आफ्ना साङ्गीतिक प्रस्तुति दिएका थिए l स्थानीय प्रतिभाहरूलाई समेत उचित स्थान दिएको कार्यक्रममा सरोज भण्डारीले आफ्नो र्यापले सबैलाई आकर्षित गरेका थिए l
गोकर्ण परियार, राजु परियार लगायत थुप्रै कलाकार आफ्नो गायिकी तथा नृत्यबाट उपस्थितलाई मनोरञ्जन प्रदान गरेका थिए l मेलाको समापन सत्रमा क्लबले सञ्चालन गरेको भाग्यशाली चिट्ठाको नतिजा समेत सार्वजनिक गरिएको थियो l सार्वजनिक नतिजा अनुसार ३० हजार बराबरको साँढ बागलुङका जीवन मगरले जितेका थिए भने वित्तीय पुरुषकार कडकनाथको ३ वटा भाले प्रविन भण्डारी , तृतीय कडकनाथको २ वटा भाले गोपी कार्की र सान्त्वना रमित भण्डारीले कडकनाथको १ वटा भाले जितेका थिए l
भगवतीमा झकास डिजाइनङ् टेलर सञ्चालन गरेका गोकर्ण परियारले गरिब तथा जेहेन्दार ५ जना बिद्धार्थीहरुलाइ स्कुलको युनिफर्म (कपडा) सहयोग गरेका थिए l कार्यक्रममा विभिन्न सहयोगी तथा समाजसेवीहरूलाई सम्मान समेत गरिएको थियो l वैदेशिक रोजगारीका लागि स्वीजरल्याण्ड रहेका शान्त बहादुर भण्डारीले क्लब मार्फत विभिन्न १२ जना गरिब, अपाङ्ग, असहाय हरूलाई २० हजार रुपैयाँ बराबरको सहयोग प्रदान गरेका छन् l त्यस्तै क्लबका निवर्तमान खेलाडी, आमा समूह साथै क्लबबाट खेल क्षेत्रमा विशिष्ट योगदान पुराए बापत विभिन्न खेलाडीहरलाइ समेत क्लबले सम्मान गरेको थियो l पुस २० गते बाट सञ्चालन भएको उक्त मेला २६ गते सम्म चलेको थियो l