गण्डकी प्रदेश सरकारले १२ वटा मन्त्रालयलाई ७ मा झार्ने सहमति

|

गण्डकी प्रदेश सरकारले ७ वटा मन्त्रालयको टुंगो लगाएको छ ।मुख्यमन्त्री खगराज अधिकारीले सत्तारुढ दलका नेताहरुसँग आइतबार गरेको छलफलमा १२ वटा मन्त्रालयलाई ७ मा झार्ने सहमति भएको थियो। तर कुन कुन मन्त्रालय खारेज गरेर कुन कायम गर्ने भन्ने तय भएको थिएन।

सोमबार विहान मन्त्रालयहरु टुंगिएका छन्। अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला, अन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार निकास, सामाजिक विकास तथा स्वास्थ्य, उद्योग, पर्यटन, वन तथा वावरण र कृषि तथा जलस्रोत मन्त्रालय रहनेछ।

आन बेलुकासम्म मन्त्रालयको भागबन्डा गरेर मन्त्रिपरिषद बिस्तार हुने प्रवक्ता तथा बिना विभागीय मन्त्री सीता सुन्दासले जानकारी दिइन्।

२०७९ माघ ९, सोमबार प्रकाशित