 
							जन्मदिन मनाउने आ–आफ्नै शैली हुन्छन्। कतिपयले आफ्नै तौर तरिकाअनुसार आफ्नो जन्मदिन मनाउने गरेको पाइन्छ। कोहीले मठ मन्दिरमा पुगेर पनि जन्मदिन मनाउँदै आएका छन्। जन्मदिन मनाउने नाउँमा धेरै खर्च गर्ने गरिएको पनि छ। तर, पछिल्लो समय भने जन्मदिन मनाउने तरिका सामाजिक सेवाको भावनातर्फ मोडिएको छ ।
यसैक्रममा अस्ट्रेलियामा रहेकी एक म्याग्देलीले आफ्नो जन्मदिनको अवसरमा अभिभावकविहिन बालबालिका बस्ने बालगृहमा सहयोग गरेर मनाएकी छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं १० पात्लेखेत घर भएकी समिक्षा थापा मगरले नेपाल बाल संगठन म्याग्दीद्धारा सञ्चालित बालगृहमा रहेका बालबालिकालाई चरेशको थाल र कचौरा सहयोग गरेकी छन् ।
संगठनका अध्यक्ष राजेश शाक्यको उपस्थितीमा राजकुमार शाहीमार्फत १३ चरेशको थाल र १३ कचौरा सहयोग हस्तान्तरण गरिएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी तुलचानले हरेक बर्ष जन्मदिनमा असहाय अपाङ्घ तथा चरम गरिबीसँग जुधेका बालबालिकालाई सहयोग गर्ने बताइएको थियो । बालगृहमा रहेका बालबालिकालाई ब्यक्तिगत र संस्थागत सहयोग गर्ने गरिएको छ ।
 
                                                                            




 
                                     
                                     
                                     
                                     
                                     
                                    
 
 
 
 
