अब होटल प्रवेश गर्दा कोरोनाबिरुद्ध खोप लगाएकाे कार्ड अनिवार्य

|

अब होटल प्रवेश गर्दा पनि कोरोनाबिरुद्धको खोप लगाएकाे कार्ड अनिवार्य देखाउनु पर्ने भएको छ ।आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले होटल प्रवेश गर्दा अनिवार्य कोरोनाबिरुद्धको खोप लगाएको कार्ड देखाउनु पर्ने निर्णय गरेको हो ।

नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण दर बढेसँगै नेपाल सरकारले कडाइ गरेको हो । आइतबार मात्रै नेपालमा १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।(सीसीएमसी)ले देशै भरका सबै विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । Source: News24nepal.tv

२०७८ पुष २५, आईतवार प्रकाशित