गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा आज मिति २०७८ साल पौष २४ गते शनिवारका दिन कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व Corporate Social Responsibility अन्तर्गत बुढानिलकण्ठ नगरपालिका वडा नं.३, मुहानपोखरीमा अवस्थीत नव युवा बाल सुधार समाजमा रहेको अनाथ बालबालिकाहरुलाई एक कार्यक्रमका बीच न्यानो कपडा (ज्याकेट) झोला तथा स्टेश्नरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री विपिन कुमार लालले एक कार्यक्रमका बीच समाजका अध्यक्ष श्री शिव शंकर नेपाली मार्फत बालबालिकालाई हस्तान्तरण गर्नु भयो ।
बढानिलकण्ठ नगरापालिका वडा नं. ३ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठज्यूका प्रमुख आतिथ्यतामा संचालित उक्त कार्यक्रममा कम्पनीका क्षेत्रीय कार्यालय ललितपुरका क्षेत्रीय प्रमुख श्री रुपक केसीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै कम्पनीका प्रबन्धक बोधलाल पुरीले संचालन गर्नु भएको सो कार्यक्रममा कम्पनी कर्मचारी संघका अध्यक्ष श्री सुशन नेपाल तथा कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
१९ वर्ष देखि संचालनमा रहेको नव यूवा बाल सुधार समाजलाई कम्पनीको तर्फबाट सानो सहयोग गर्न पाएकोमा आफूलाई खुशी लागेको एवं कम्पनीको यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने जानकारी कम्पनीको प्रमुख कार्यकारी अधिकृतज्यूले गराउनुका साथै वडा अध्यक्ष श्री बालकृष्ण श्रेष्ठले यस कार्यक्रमको लागि कम्पनीलाई धन्यवाद ज्ञापन गर्नु भयो। आजको यस सहयोग हस्तान्तरण कार्यक्रमको लागि समाजको तर्फबाट धन्यवाद गर्दै समाज र राष्ट्रका कर्णधार बालबालिकालाई गरेको यस सहयोग सधैँ सम्झिरहने जानकारी गराउनु भयो ।