नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै सो जानकारी दिएको हो ।मन्त्रालयका अनुसार पुष महिनामा भएको जम्मा एक हजार १४६ पोजिटिभ नमुनाहरुको एस जिन स्क्रिनिंग गर्दा २५० वटा नमुनाहरु एस जिन नेगेटिभ पत्ता लागेको हो ।
एसजिन नेगेटिभ पत्ता लागेका २४ नमुनाहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनाहरुमा ओमिक्रोन पुष्टि भएको प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिएकी छिन् । ओमिक्रोन भेरियन्टले गर्दा हुन सक्ने अत्याधिक बिरामीहरुको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन पनि मन्त्रालयले आग्रह गरेको छ
२०७८ पुष २३, शुक्रबार प्रकाशित