नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले जनआन्दोलनका घाइते योद्धालाई छोएर पद तथा गोपनीयताको शपथ खाएका छन् ।
हालै सम्पन्न कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएका शर्माले शुक्रबार शपथ खाएका हुन् । उनका शुभेच्छुकहरूले खादा र माला लगाइदिएपछि उनी जनआन्दोलन २०६२–०६३ का घाइते मुकेश कायस्थलाई भेट्न पुगेका थिए । उनले ती घाइते योद्धासहित अर्का घाइते तत्कालीन माओवादी आक्रमणका कारण मेरुदण्ड भाँचिएर वर्षौंदेखि ओछ्यानमै रहेका दीपेन्द्र गिरीलाई छोएर पदको शपथ खाएका हुन् ।
२०७८ पुष ३, शनिबार प्रकाशित