नेपाली काँग्रेसको गण्डकी प्रदेश सभापतिमा रामचन्द्र पौडेल प्यानलबाट शुक्रराज शर्मालाई उठाइने भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार साँझ एक कार्यक्रममा शर्मालाई उम्मेदवार बनाउने घोषणा गरेका छन् ।
सभापति शेरबहादुर देउवा प्यानलबाट पर्वतका नेता अर्जुनप्रसाद जोशीलाई एकल उम्मेदवारका रुपमा उठाइएको छ । पौडेल समूहमा आकांक्षी धेरै देखिएकाले घोषणा हुन सकेको थिएन । आफ्नै प्यानलमा धेरैजना आकाङ्क्षी देखिएपछि बुधबार पोखरा आएर वरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइराला लगायतका केन्द्रीय नेताले बैठक डाकेर सहमतिको प्रयास गरेका थिए । लामो समयको प्रयास पछि नेता शर्मालाई आफ्नो प्यानलबाट एकल उमेदवार बनाउने सहमति भएको हो ।
२०७८ मंसिर १७, शुक्रबार प्रकाशित