नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन्।
चितवनको सौराहामा सम्पन्न पार्टीकाे १०औं राष्ट्रिय महाधिशनमा भीम रावललाई भारी मतले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन्।
अध्यक्ष अोलीले १८ सय ८ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी रावलले २ सय १३ मत प्राप्त गरेका छन्।
यस्तै, नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक चितवनको सौराहामै हुने भएको छ।
२०७८ मंसिर १४, मंगलवार प्रकाशित