
पछिल्लो समय अध्ययन गर्नका लागि क्यानडा जान चाहने नेपाली विद्यार्थीहरु भारतको नयाँ दिल्लीस्थित क्यानडा अध्यागमनमा आवेदन दिएर ४ देखि ८ महिनासम्म भिसा निर्णय प्रतिक्षा गरेर बसेका छन् । अध्यागमनले सामन्यतया २ देखि ३ महिना तोकेको भएतापनि केही आवेदनहरुको ८ महिनासम्म भिसा निर्णय नआउँदा विधार्थीहरु तथा अभिवावकहरु मर्कामा पर्ने गरेका छन् ।
क्यानडा अध्यागमनले निर्णय दिन समय लगाएको मुख्य कारणहरु कोरोना लहरको दोश्रो लकडाउन, क्यानडामा विद्यार्थीहरुको चाप, स्थायी बसोबासमा आहिलेसम्मकै उल्लेखनीय आवेदन संख्या, क्यानडामा हालसालै सम्पन्न निर्वाचनले गर्दा आवेदन नतिजा निर्णय आउन ढिलो भएको गोरेटो कन्सल्टेन्सी नयाँ वानेश्वरका शैक्षिक परामर्शकर्ता शतिष भट्टले जानकारी दिए ।
यद्यपी क्यानडाले यो समयमा एसडिएस सूचीमा पर्ने ईन्डियालगायत अन्य साउथ एशियन देशहरुका विद्यार्थीहरुको आवेदनमा भिसा निर्णय दिएको छ । क्यानडा अध्यागमनले एसडिएस सूचीमा पर्ने देशहरुको अध्ययन भिसा आवेदन नतिजा दिन सामान्यतया २० क्यालेण्डर दिन तोकेको छ । तर, पछिल्लो समय दीपावली, छट पर्व सकिएलगत्तै नेपाली विद्यार्थीहरुको पनि नतिजा आउन थालेको काउन्सेलर भट्ट बताउँछन्।
गोरेटो कन्सल्टेन्सीका अर्का काउन्सेलर धीरज कंडेलका अनुसार छोटो समयमा गोरेटोबाट उल्लेखनीय भिषा नतिजाका पछाडि गोरेटोको अनुभवी र दक्ष कार्य सदस्यहरुका सामूहिक कार्य योगदानका साथै गोरेटोको पहिलो प्राथमिकतामा विद्यार्थी आवेदन तयार पर्दा विद्यार्थीको सही प्रोग्राम चयन, भिसा अफिसरलाई विद्यार्थीको क्षमता विश्वास दिलाउनसक्ने एसओपी, साथै आवेदनसँग बुझाउने कागजपत्रहरुको विश्वसनीयता तथा सम्पूर्ण प्रक्रियाको उचित समयावधि सम्पन्नमा जोड रहेको बताएका छन् ।
यसै सन्दर्भमा गोरेटोका काउन्सेलर धीरज कंडेल भन्छन्, ‘क्यानडा अध्यागमनले भिसा दिन रोकेको एक महिना पश्चात नोवेम्बर १९ देखि पुनः भिसा आवेदन हेर्न शुरु गरेकाले क्यानडामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरु र भिसा आवेदन दिएर नतिजा प्रतिक्षामा रहेका विधार्थीहरुले चिन्ता लिनुपर्ने अवस्था छैन ।’
क्यानडाको पछिल्लो भिसा ट्रेन्ड विश्लेषण गर्दा आवेदक विधार्थीहरुको अङ्ग्रेजी प्रविणता बढी जोड दिएको जस्तै आइएलटिएस ६.५ वा ६ र पिट्रिई स्कोर ओभरअल ६० हुनुपर्ने तर, एकेडेमिक भने कम्तिमा दोश्रो श्रेणीमा उतिर्ण भई छ वर्षसम्म ग्याप भएका आवेदनहरुमा पनि लचिलो देखिएको छ ।
क्यानडाको सबै भन्दा राम्रो पक्ष भनेको अमेरिकालगायत अन्य देशहरुमा अध्यायन भिसा धेरै पटक अस्वीकृत भएका आवेदकहरुले पनि क्यानडामा अध्ययन भिसापाउन सक्छ । साथै क्यानडामै पुनः आवेदन दिएर भिसा प्राप्त भएका कैयौ उदाहरण भएको पनि काउन्सेलर कंडेलले बताएका छन् ।
यसैगरी क्यानडामा भिसा एप्लाई गर्दा हल्ला भएजस्तो कागजपत्रहरु तयार पार्न जटिल नभएको र अफर लेटर प्राप्त गरेको बढीमा दुई हप्तामा सबै कागजपत्रहरु तयार गर्न सकिने जानकारी कंडेलले दिएका छन् ।
पछिल्लो समय धेरै आवेदनहरुको निर्णय विश्लेषण गर्दा क्यानडा अध्यायन भिसा नतिजा समयावधि तीन महिनामा झरेको छ । क्यानडाका शैक्षिक संस्थाहरुमा अग्रेजी महिनाको जनवरी, मे र सेप्टेम्बरमा नयाँ शैक्षिक शत्र सुरु हुन्छ।
कंडेलका अनुसार आइएलटिएस र पिटिई गरेर बसेका विद्यार्थीहरुले केही हप्तासम्म भर्ना प्रक्रिया शुरु गरेमा मे इनटेक शैक्षिक शत्रमै भर्ना हुनसक्ने र बाँकी विद्यार्थीहरुले सेप्टेम्बर इन्टेकको लागि आवश्यक अग्रेजी प्रविणता कक्षा तयारी गरी यथाशीघ्र प्रक्रिया शुरु गर्नुपर्ने हुन्छ ।
गोरेटो कन्सल्टेन्सीमा विद्यार्थीहरुका लागि लोकप्रिय समन्वयनकर्ता प्रकाश रेग्मीले क्यानडा अध्ययन गर्न चाहने विद्यार्थीहरु परामर्शदाताहरुलाई सम्पर्क गर्नु अगाडि आफूले अध्ययन गर्न चाहेको प्रोग्राम र उक्त प्रोग्रामसँग नेपाल र क्यानडा जोडिएका अवसरहरुका साथै शैक्षिक संस्था अवस्थित शहरको पनि सामान्य अध्ययन गरेर आउँदा परामर्शकर्ताको सुझाव विश्लेशण गर्न सजिलो हुने समेत बताएका छन् ।
सबै कुरालाई मध्यनजर गर्दै गोरेटो कन्सल्टेन्सी नयाँ वानेश्वरले यही अग्रेजी महिनाको नोवेम्बर ३० गते रातको ठीक ८ः३० बजे सोलोमोन्स स्टडी इन क्यानाडा जूम फेयर गर्दैछ । जसमा क्यानडा अध्ययन गर्न चाहने नेपालभरीका विद्यार्थीहरुको सहभागितामा क्यानडा अध्ययन सम्बन्धी पछिल्लो अपडेटलगायत अन्य सम्पूर्ण जानकारी लिन सक्नेछन् । Source: news24nepal.tv