नेकपा एमाले रघुगंगा गाउँपालिका–५ झिं का वडा कमिटीका अध्यक्ष रहेका ४६ बर्षिय कृष्ण थजाली मगरको करेन्ट लागेर मृत्यु भएको छ । विधुत प्राधिकरणले आफ्ना स्थानीय कर्मचारी समेत रहेका थजाली रघुगंगा गापा, ६ स्थित विधुतको मुख्य लाईनको ट्रान्सफर्मरमा समस्या आएपछि मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका थिए ।
थजालीको झिं स्थित स्वास्थ्य चौकीमा उपचारक्रममा मृत्यु भएको नेपाल विधुत प्राधिकरण बेनी केन्द्रैले जनाएको छ ।थजालीलाई करेन्ट लागेर घाईते भएपछि हेलिकोप्टरबाट पोखरा लैजाने तयारी समेत गरिएको छ । गाउँमा विद्युतीकरण सहित सामाजिक कार्यमा सक्रिय रहेका थजालीको मृत्युको खवरले स्थानीय स्तब्ध भएका छन् । उनले लामो समयदेखि गाउँमा विद्युत मर्मत सहित विस्तार गदैं स्थानीयको घरदैलोमा पुग्ने गरेका थिए ।
२०७८ असार ३१, बिहीबार प्रकाशित