गण्डकीका सांसदले लिए शपथ

|

गण्डकी प्रदेशका नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन्।

बिहीबार प्रदेश सभा भवनमा उनीहरूले शपथ लिएका हुन्।

ज्येष्ठ सदस्य नेकपा एमालेका सांसद मित्रलाल बस्यालले सांसदहरूलाई शपथ खुवाएका हुन्।

गण्डकी प्रदेश सभामा ६० जना सांसद छन्।  सभामा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट छ ।जेष्ठ सदस्य मित्रलाललाई प्रदेश प्रमुख पृथ्वीमान गुरूङले शपथ खुवाएका थिए।

३ जना सांसदले भने मातृ भाषामा शपथ लिएका थिए भने अरू सांसदले नेपाली भाषामा शपथ लिएका छन्।  setopati

२०७९ पुष १४, बिहीबार प्रकाशित