सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले बढाएर बिदा भयो ओली सरकार

|

सरकारले लामो दूरीमा सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सार्वजनिक यातायातको भाडा बढेको जनाएको छ । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले लामो दूरीको सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा बढाएको हो । दुई वाट दुईभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

लामो दूरीका यात्रीवाहक सवारीसाधनमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा २६ प्रतिशतले भाडा बढाइएको छ । २०७८ असार २७ गतेको भौतिक पूवार्धार तथा यातायात मन्त्रालयको स्वीकृतिमा सार्वजनिक यातायातको भाडा बढाएको विभागले जनाएको छ ।

२०७८ असार ३०, बुधबार प्रकाशित