ग्लोबल आइएमई लघुवित्तले कास्कीमा दियो सिपमूलक तालिम

|

कास्की, ५ पुस । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले कास्कीको नौडाँडामा सदस्यहरुलाई सिपमूलक तालिम प्रदान गरेको छ । संस्थाले घरमै बसेर आयआर्जन गर्न सकिने र थोरै लगानीमा व्यवसाय सुरु गर्न सकिने तालिम सञ्चालन गरेको हो ।

डल, कुशन, खेलौना लगायतका सामानहरु बनाउने सम्बन्धी उक्त तालिम संस्थाको नौडाँडा शाखाले आयोजना गरेको हो । गत पुस २ देखि ४ गतेसम्म सञ्चालित उक्त तालिममा ३० जना महिला सदस्यहरुको सहभागिता रहेको शाखा प्रबन्धक सुजिता श्रेष्ठले जानकारी दिइन् । ग्लोबल आइएमई लघुवित्तले सञ्चालन गरेको तालिममा सहभागी हुन पाउँदा सहभागीहरुले खुशी व्यक्त गरेका थिए ।

वित्तीय संस्थाले सदस्यहरुलाई कर्जा लगानी मात्र नगरी उद्यमी बनाउन विभिन्न समयमा यस्ता सिपमूलक तालिमहरु समेत सञ्चालन गर्दे आइरहेको छ । संस्थाको ५४ जिल्लामा ११९ वटा शाखा र १ लाख ४९ हजारभन्दा बढी सदस्यहरु रहेका छन् ।

facebook sharing button

२०७९ पुष ५, मंगलवार प्रकाशित