बागलुङ/ कालीका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले मन्दिरको मंसिर महिनाको आयब्यय विवरण सार्वजनिक गरेको छ ।
समितिका अनुसार, मंसिरमा २६ लाख २२ हजार १ सय ८७ रूपैयाँ आम्दानी भएको छ । भक्तजनले मन्दिरमा चढाएको भेटीबाट १३ लाख ७० हजार ४ सय, चामल बिक्रीबाट २२ हजार ५ सय, बोकाको टाउकोबाट १ लाख ५५ हजार ४ सय ५०, कुखुराबाट ८ हजार ९ सय आम्दानी भएको छ ।
यस्तै, ६० राँगोबाट ६ हजार ४ सय ५०, सटर भाडाबाट ३ लाख ३७ हजार ४ सय, भोजस्थलबाट १५ हजार, मन्दिरमा हुने विवाहबाट २० हजार, आर्थिक सहयोग १ लाख १२ हजार २ सय २७ रूपैयाँ, परेवा बिक्रीबाट ५ लाख ६१ हजार ४ सय, ब्रतबन्धबाट ६ सय, पण्डितबाट ११ हजार ८ सय आम्दानी गरेको समितिका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले जानकारी दिए ।
मंसिर महिनामा स्टेसनरी खर्च ३ हजार, कर्मचारी तलब खर्च ३ लाख ४८ हजार ५ सय, विद्युत खर्च २६ हजार ४० रूपैयाँ, अतिथि सत्कारमा ६० हजार ६ सय, उपहारमा ९ हजार, पुर्वाधार विकास तथा निर्माणमा ४ लाख २९ हजार २ सय १०, नियमित पुजा खर्च ५५ हजार ९० रूपैयाँ खर्च भएको छ ।
राजभण्डारीका अनुसार, मेसिनरी तथा उपकरण खरिदमा ६६ हजार ३ सय, खाद्यान्न तथा आवासमा ३७ हजार ३ सय, मर्मत तथा संभारमा १० हजार ७ सय, दैनिक भ्रमण तथा यातायातमा ६७ हजार र इन्धनमा ११ हजार ८ सय खर्च भएको छ ।