काठको सामग्री,प्लास्टिकजन्य सामग्रीको प्रयोग र कच्चापदार्थको अभावकाकारण कालिकोटका ग्रामीण भेगमा परम्परागत रुपमा प्रयोग गरिँदै आएका डोका,डाला,थुन्से,छाप्री सुप्पो,डोईला,कोर्को र भकारी लोप हुँदै गएका छन्।
केहीवर्ष अघिसम्म गाउँघरमा कृषिकर्म तथा सुरक्षित खाद्यान्न भण्डारणका लागि प्रयोग गरिने यी सामग्री पछिल्लो समय लोप हुँदै गएका हुन्। यहाँका दलित तथा जनजाति समुदायका सिपालु व्यक्तिले पुस्तौँ देखि डोका,डाला,थुन्से,छाप्री,सुप्पो, डोईला,कोर्को र भकारी बुनेर गाउँमा लाग्ने मेला,पर्व तथा नजिकैको हाट बजारमा पुर्याइ बिक्री गरी जीविको पार्जन गर्दै आएका थिए।
तर,पछिल्ला केही वर्षयता कृषिजन्य आयातित सामग्रीको बढ्दो प्रयोग र गाउँघरका सामुदायिक वनमा कच्चापदार्थ निगालो अभावका कारण यो व्यवसाय लोप हुँदै गएको हो।
गाउँ गाउँमा गाडी सञ्चालन हुन थालेपछि बाहिरबाट आएका प्लास्टिक तथा अन्यधातुका सामग्रीको प्रयोग,बाँस र निगालो अभाव भएपछि यसको चोयाबाट बनाइने सामग्री नपाउँदा पेसा लोप हुन थालेको हो।
डेढ दशक अघिसम्म ग्रामीण भेगका स्थानियले बाँस र निगालोबाट डोको,डालो,नाङ्लो(सुप्पो),चाल्नो,टपरी,भकारी लगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बिक्री गरेर पर्याप्तआम्दानी गर्दै आएका थिए।
नरहरिनाथ गाउँपालिकाको रुप्सा,सान्नी त्रिवेणीको मुग्रा,महावैको गेला लागाएतका विभिन्न ठाउँमा यही पेसाका भरमा जीविकोपार्जन गर्दै आएका कैयौँ व्यक्तिअहिले पेसा परिवर्तन गर्न बाध्यभएका छन्।
‘बाँस रनिगालो पाउन छाडेपछि यो पेसा परिर्वतन गर्नेहरु बढेका छन्’ ‘सान्नीत्रिवेणी– ३ का जिवनराज देवकोटाले भने, ‘पुखैली पेसा नयाँ पुस्तामा परिर्वतन नहुनु,बाँस र निगालो लोप हुनु जस्ता समस्याले चोयाका सामग्री बेचेर आम्दानी गर्ने बाटो बन्द भएपछि समस्या उत्पन्न भएको हो।’उनले गाउँघरमा बाँस र निगालाका सामान प्रयोग गर्ने किसानको संख्यापनि घट्दै गएको बताए।
टाढाबाट कच्चापदार्थ निगालो ल्याएर सामग्री निर्माण गर्दा पनि लागत खर्च अनुसारको आम्दानी नहुँदा दलित समुदायले हैरानी खेप्नु परिरहेको उनीहरुको गुनासो छ। यो समुदायले बाँस र निगालोको चोयाबाट बन्ने प्रति डोकोलाई ३०० देखि ५०० रूपैयाँसम्म बिक्री गर्ने गरेका छन्।
यस्तै डालो,भकारी,मानो र नाङ्लो आठ सयदेखि तीनहजार रूपैयाँ सम्ममा बिक्रीगर्दै आएका छन्। युवा वैदेशिक रोजगारी र व्यापार व्यवसायमा आकर्षित भएपछि केही पाका पुस्ताले सम्हालेको यो पेसा पछिल्लो समय लोप हुँदै गएको हो। नागरिक