राप्रपाको भकिम्लीमा आमसभा

|

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) म्याग्दीले आइतबार बेनी नगरपालिका वडा नं ३ भकिम्लीमा चुनावी आमसभा गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनबाट मतदातालाई हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको स्थापनाका लागि मतदान गर्न प्रतिनिधिसभाका उम्मेदवार जगतप्रसाद गौचनले मतदातालाई अपिल गर्नुभएको थियो ।

आमसभामा बोल्दै उम्मेदवार गौचनले देशीविदेशी प्रतिक्रियावादीहरूको षड्यन्त्र र घेराबन्दीले ‘राष्ट्रियता जोखिममा परेकाले राप्रपालाई भोट दिएर देशको रक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले विभिन्न सम्झौतामार्फत नेपालमा विदेशीको चलखेल र प्रवेश भइसकेको बताउँदै अबको निर्वाचनमा राप्रपा बाहेकका अन्य दलहरु विदेशीलाई खुसी बनाउने एजेण्डामा मात्रै केन्द्रित रहेको बताउनुभयो ।

उहाँले एकपटक राप्रपाको हलो चुनाव चिन्हका उम्मेदवारलाई मतदान गरी विजयी गराउन पार्टीका नेता कार्यकर्ता, शुभचिन्तक, शुभेच्छुक, सम्पूर्ण मतदाताहरूमा अनुरोध गर्नुभएको थियो । चुनावी सभामा जिल्ला अध्यक्ष बिरबहादुर थापा, लगायतका नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।

२०७९ कार्तिक २७, आईतवार प्रकाशित