म्याग्दीको संसदीय निर्वाचनको इतिहासमा खमबहादुर गर्बुजा (खम्वीर) को नाम सबैभन्दा बढी चर्चित छ । बेलायती सेनाबाट अवकाश प्राप्त हसिला र बिकासप्रेमी खम्बीर गर्बुजा २०५४ सालमा नेपाली कांग्रेसमा आवद्ध भएदेखि निरन्तररुपमा कांग्रेसको दरिलो खम्बा बनेर म्याग्दीका विकट गाउँवस्तीहरुलाई विकासको उज्यालोले उजिल्याउने प्रयासमा लागिरहेका छन् ।२०५४ सालमा तरुणदलको सदस्यता लिएर म्याग्दीको विकासका लागि होमनुभएका खम्बीर गर्बुजाको जन्म २०२२ सालमा रघुगंगा गाउँपालिकाको वडा नं ४ मा पर्ने दग्नाम गाउँमा भएको थियो ।
बुबा चकबीर गर्बुजा र आमा कृष्णकुमारी गर्बुजाको कोखबाट जन्मनुभएका खम्बीर गर्बुजा २०५६ को पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसका नारायणसिंह पुनलाई जिताउन अहोरात्र खटेर म्याग्देली जनहरुको मन जित्न सफल भएका छन् । २०७० सालको दोस्रो संविधान सभाको निर्वाचन र २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा चुनावी मैदानमा उपविजेता भएपनि म्याग्दीको विकासका लागि केन्द्र र प्रदेशसँग समन्वय गरेर निर्वाहा गर्नुभएको भूमिका म्याग्देली जनताका लागि अविश्मरणीय छ ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार बन्नुभएका गर्बुजा २०६७ सालमा सम्पन्न नेपाली कांग्रेस म्याग्दीको पाँचौ जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको उपसभापति र २०७२ सालमा सम्पन्न छैठौं जिल्ला अधिवेशन र २०७८ सालमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए ।
दुई कार्यकाल म्याग्दी कांग्रेसको जिल्ला सभापति निर्वाचित हुनुभएका गर्वुजा पुन ः तेस्रो पटक म्याग्दीको सुशासन,विकास र समृद्धिको लागि प्रतिनिधि सभा सदस्यको लागि वाम लोकतान्त्रिक गठवन्धनको तर्फदेखि उम्मेदवार बनेका छन् । बेलायतको सुख सयल, व्यक्तिगत इच्छा र चाहनाहरुलाई म्याग्देली जनताको विकास र समृद्धिको सपनासँग जोडेर म्याग्दीकै माटोमा विकासको मूल फूटाइ विकट र निकटका जनतालाई सँगसँगै हिडाउने महान उद्धेश्य लिनुभएका हसिँला गर्बुजा सहित गठवन्धनका प्रदेश सभा सदस्यका उम्मेदवारहरुको जीत निश्चित प्राय ः छ ।
छिमेकी जिल्ला विकास निर्माणको क्षेत्रमा तिब्र गतिमा अगाडी बढेपनि यसअगाडी विजय भएर गएका जनप्रतिनिधिको काम सन्तोषजनक नभएकै कारण पनि यसपटक योजनाबद्ध र जनताको प्राथमिकताका क्षेत्रमा काम गर्ने उम्मेदवार गर्बुजाको योजना छ । जनप्रतिनिधि नभएपनि उम्मेदवार गर्बुजाले म्याग्दीमा प्रदेश र संघीय सरकारबाट विभिन्न शिर्षकम बजेट ल्याएर जनताको मनमुटुमा वसिसकेका छन् । जनताको सेवा गर्न जनप्रतिनिधि नै हुनुपर्छ भन्ने भनाईलाई उम्मेदवार गर्बुजाले म्याग्दीको हकमा चिरेका छन् । उनले धेरैपटक प्रदेश सरकार र संघीय सरकारका विभिन्न मन्त्रालयमा म्याग्दीबासीको समस्याको पोको बोकेर गएका छन् ।
विकासप्रेमी नेता गर्बुजाले गरेका कामका बारेमा म्याग्देली मतदाता प्रष्ट छन् । गाउँघरमा पुगेर जनताको समस्या र आवश्यकतालाई पूरा गर्न गर्बुजाले अहिलेसम्म खेलेको भूमिकाकै कारण यसपटक सहरदेखि ग्रामिण क्षेत्रसम्मका मतदाता उहाँलाई मतदान गर्न उत्साहित छन् । जनताको सेवक बन्ने गर्बुजाको प्रयास र सक्रियतालाई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा रुख चिन्हमा मतदान गरी थप पुष्टी गर्न म्याग्देली जनता आतुर रहेको गर्बुजाको भनाई छ ।