जितेर काम गर्न नसके अर्कोपटक भोट माग्न जादैंनौ खमबीर गर्बुजा

|

खमबहादुर गर्बुजा खम्बीर
प्रतिनिधिसभा सदस्य उम्मेदवार, नेपाली कांग्रेस
म्याग्दी जिल्ला छिमेकी तीन जिल्लाको तुलनामा विकास निर्माण तथा सम्रग विकासमा धेरै पछाडी छ। छिमेकी जिल्ला बागलुङ, पर्वत र मुस्ताङमा विकासको लहर चलिरहदाँ म्याग्दीको हालत तपाईँहरुसामु घाम छर्लङ्ग छ । अहिलेसम्म म्याग्दीले विकास निर्माण सहितका धेरै अभियानमा फड्को मानुपर्ने अवस्थामा चुनाव जितेर गएकाहरूबाट सोचेजस्तो काम हुन नसक्दा विकास निर्माण, शिक्षा, स्वास्थ्य सहितका आधारभुत आवश्यकतामा म्याग्देलीले सधै अभाव महसुस गर्नुपरेको छ । बि.स २०४८ साल यता म्याग्दीबाट कुन पार्टीबाट कतिले संघीय संसादमा प्रतिनिधित्व गरे र उनीहरूले के कस्ता काम गरे भन्ने बारेमा म्याग्देली जनताछर्लङ्ग भइसकेका छन् ।

जिल्लाबाट चुनाव जितेर गएकाहरुबाट जिल्लाबासीको आवश्यकता पूरा गर्न खेल्नुपर्ने भूमिकाहरु कुनैपनि हालतमा सन्तोषजनक मान्न सकिदैन् । नियमित सरकारको बजेटलाई आफ्नो पहलमा भन्दै भाषणा गर्ने बाहेक अहिलेसम्म कुनै ठूला काम भएका छैनन् । कुन क्षेत्रमा म्याग्दीको विकास भएको छ भनेर देखाउने ठाउँ छैन् । मैले आलोचना मात्रै गरेको छैन यो अभियानमार्फत मतदाताको माझमा पुग्दा अहिलेसम्म म्याग्दीको विकास भएर,आश्वासन मात्रै पाइयो भन्ने धेरैको गुनासोलाई यहाँ बोलेको छु । चुनावमा विभिन्न आश्वासनका कारण पटक–पटक मतदान गरेका म्याग्देली जनताले यसपटक पाँचबर्षको लक्ष्य सहित म्याग्दीमा अहिलेसम्म नभएको विकासमा भएका झमेलालाई तोड्न र बास्तविक विकास के हो भनेर देखाउन लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारले मतदातालाई बाचा गरेका छौ ।

अहिले गठवन्धनको अभियानमा सँगै रहनुभएका राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको पहलमा बेनी–दरबाङ सडकखण्ड कालोपत्रे सहित स्तरोन्नतीको काम भयो । यही एउटा उदाहरण हामीले हेर्न सक्छौ । पश्चिमी क्षेत्र हुदै ढोरपाटनलाई सडकले जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने उहाँको प्रयासलाई समेत हामीले प्राथमिकतामा राखेका छौ । यस्ता धेरै काम गर्नुपर्ने भएकाले अ म्याग्दीको विकासमा निरन्तरतामा क्रमभंगता गर्नका लागि यसपाली गठबन्धनलाई जिताउन मतदातालाई अपिल गछु । हामीलाई ५ बर्ष मात्रै दिनुहोस्, अर्को पटक मत माग्न आउँदा मतदाताको अगाडीशीर ठाडो पारेर उभिन सक्ने, हिड्न सक्ने र बोल्न सक्ने हुन्छौ ।

२०७९ कार्तिक २४, बिहीबार प्रकाशित