
यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी÷जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको पूर्वप्रधानन्यायधीशको हो ।उनी हुन्, प्रधानन्यायधीश दामोदर शर्मा ।
जो प्रधानन्यायधीशबाट बर्हिगमनपछि साधु बने । तत्कालीन प्रधानन्यायाधीश उनी हाल बाबाको रुप धारण गरेका छन् ।बाबा प्रधानन्यायाधीशका रूपमा परिचित उनी सर्वोच्चको २३ औं प्रधानन्यायीश हुन् ।
२०७० चैत्र २७ देखि ७१ असोज २३ सम्म प्रधानन्यायधीशको भूमिका निर्वाह गरेका उनी पछि पछि रामकुमारप्रसाद शाह, कल्याण श्रेष्ठ, सुशीला कार्की, गोपाल पराजुली, ओमप्रकाश मिश्र प्रधानन्यायधीश र हाल चोलेन्द्र शमशेर जबरा प्रधानन्यायधीश रहेका छन् । तर, एउटा रोचक प्रसंग छ– हाल प्रधानन्यायधीश रहेका जबरालाए उनी नेतृत्वको न्यायपरिषदले कारबाहीबाट उन्मुक्ति दिएको थियो ।
१ चैतमा प्रधान न्यायाधीश खिलराज रेग्मी संविधानसभाको निर्वाचन गराउने सर्तमा अन्तरिम चुनावी मन्त्रीपरिषदको अध्यक्ष बनेपछि शर्मा प्रधान्यायाधीश बनेका थिए ।२०७१ जेठसम्म कार्यकाल भएका रेग्मी अध्यक्ष बनेर सिंहदरबार छिरेपछि उनको विरासत स्वभाविक रुपमा बरिष्ठतम् न्यायाधीश दामोदरप्रसाद शर्मामा सरेको थियो । जम्मा ६ महिना प्रधानन्यायधीश बनेका उनै शर्मा अहिले भारतमा सन्यासी जीवन बिताइरहेका छन्